विन्धवासिनी साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सुरु, क्षमता अभिवृद्धि तालिम सिकाईका लागि एशियाकै उत्कृष्ट  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धवासिनी साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सुरु, क्षमता अभिवृद्धि तालिम सिकाईका लागि एशियाकै उत्कृष्ट  

काठमाडौं । काभ्रेको खोपासीमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । ललितपुरको गोदावरीस्थित एक होटलमा आयोजित तालिमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

तालिममा सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र व्यवस्थापन समूह गरी ३५ जनाको सहभागिता रहेको छ । 

तालिम शुभारम्भका अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम एशिया महादेशमा साकोस अभियान सिकाइको लागि महत्वपूर्ण तालिम रहेको स्पष्ट पार्नुभयो । उहाँले विन्धवासिनी साकोस १४ हजार बचत तथा ऋण सहकारीको गन्तव्य संस्था तथा साकोस अभियानले विश्वास गरेको संस्था रहेको चर्चा गर्दै साकोस नीति, विधि र प्रविधिबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौड्यालले विधि भनेको विश्व ऋण परिषद्बाट प्रतिपादन गरीएको ४ सिद्धान्तहरुः १) सदस्य सुरक्षा २) सुशासन प्रवर्धन ३) प्रभावकारी सञ्चालन तथा कुशल व्यवस्थापन ४) सञ्चालन सम्वन्धि आधारभूत पक्षहरुको परिपालन गर्नु रहेको जानकारी गराउनुभयो ।  उहाँले समस्याको समाधान नीति मार्फत तथा नीतिगत सर्वोच्चता कायम गरी गर्नुपर्दछ र विधि र नीतिको परिपालना गराउने माध्यम प्रविधि रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साकोसका सल्लाहकार प्रदिप थापाले सुशासित साकोस सञ्चालनमा जोडदिनुपर्ने, नीति, विधि र प्रविधिमा निपूर्ण हुनुपर्ने र सदस्य शिक्षा तथा तालिमका कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाउनुपर्नेमा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । 

अध्यक्ष शान्त कुमार श्रेष्ठले सहकारी निरन्तरको सिकाई भएको र सिकेको ज्ञान सीप व्यवहारमा उतारेर अगाडि बढ्नसके साकोसको प्रभावकारी सञ्चालन सम्भव हुने बताउनुभयो । 

नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्तिक १६ देखि १९ गतेसम्म सञ्चालन हुने तालिमको सहजीकरण नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत सुमन घिमिरेले गर्नुहुनेछ । 

साकोसका अध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित तालिम शुभारम्भ कार्यक्रमको सञ्चालन साकोसका सचिव डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो । 

विन्धवासिनी साकोसको असोज पहिलो साता सम्पन्न २९ औं बार्षिक साधारणसभाबाट शान्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको थियो । काभ्रेपलाञ्चोक, काठमाडौं र भक्तपुर (सूर्यविनायक नगरपालिका) कार्यक्षेत्र बनाई १५ वटा सेवा कार्यालय मार्फत ५५ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा उपलब्ध गराउँदै आएको साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ । कारोबारका हिसाबले समेत अब्बल बन्दै गइरहेको विन्धवासिनी साकोसमा ९५ कर्मचारी कार्यरत छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप