‘अपनाऔं पद्धति सहकारी, हटाऔं गरिबी र बेरोजगारी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ललितपुरको प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि.ले १६औं बार्षिक साधारणसभा कात्तिक १९ गते, शनिबार सम्पन्न गरेको छ । साकोसका अध्यक्ष रेवती प्रसाद दाहालको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीको विशेष आतिथ्यतामा सभाको समुद्घाटन भएको थियो ।
सभामा साकोसका अध्यक्ष रेवती प्रसाद दाहालले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष शिव प्रसाद शर्माले आ.व. २०७९।०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयोजक उद्धव प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कुल २ हजार १ सय २० जना शेयर सदस्य र २ सय १० जना बालबचतकर्ता तथा अन्य सदस्यहरु रहेको साकोसको कोषहरुमा रु. ३ करोड ५१ लाख शेयर पुँजी, रु. २९ करोड बचत, रु. ३३ करोड ३७ लाख ऋण लगानी, रु. ४४ लाख ९५ हजार जगेडा कोष रहेको छ । साकोसको कुल बासलात ३७ करोड ३२ लाख ४ हजार छ । त्यसैगरी साकोसले ४० लाख ६१ हजार ९४९ सञ्चालन मुनाफा आर्जन गरेको छ भने शेयर सदस्यहरुका लागि १५ प्रतिशत शेयर लाभांश प्रदान गरेको जनाएको छ ।
सभामा उत्कृष्ट शेयर खरिदकर्ता, बचतकर्ता, उत्कृष्ट ऋणी, एसईई उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी लगायत बृद्ध सदस्यहरुलाई सम्मान गरिएको थियो ।
साकोसका सचिव सञ्जय तिमल्सीनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष बल बहादुर केसी घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
१२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
१२ दिन अगाडि
२ दिन अगाडि
१३ दिन अगाडि