तरलता संकट समाधानका लागि ललितपुरका सहकारीकर्मीहरुद्वारा रजिष्ट्रारलाई ध्यानाकर्षण पत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरलता संकट समाधानका लागि ललितपुरका सहकारीकर्मीहरुद्वारा रजिष्ट्रारलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ललितपुरका सहकारीकर्मीहरुले विद्यमान तरलता संकट सहजीकरणका लागि पहल गरिदिनुहुन अनुरोध गर्दै सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ध्यानाकर्षण गराएका छन् । तरलता संकटका कारण सहकारीको कारोबारनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै उनीहरुले सहजीकरणका लागि विभागको ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्र मार्फत विद्यमान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

सन्दर्भ व्याजदरका कारण सहकारी संस्थाहरुले बचतको ब्याजदर समयानुकूल बढाउन नसक्दा सहकारीको बचत बैंक तथा वित्तीय संस्थामा रकमान्तर भइरहेकोले तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि माग गरेका छन् । ब्याजदरलाई छिटोभन्दा छिटो बजार अनुकूल निर्धारण गर्न नसके यसको अवज्ञालाई रोक्न नसक्ने समेत उनीहरुले चेतावनी दिएका छन् । त्यसैगरी सहकारी संघसंस्थाको भाका नाघेको कर्जा असुली गर्नका लागि विशेष संयन्त्र गठन गरी असुलउपरका लागि पहल गर्न, सहकारी संस्था भ्रमात्मक समाचार आएकाले त्यस्ता समाचारहरुको खण्डनसहित राज्यका तर्फबाट सकारात्मक सन्देश जारी गर्न र राज्यको तर्फबाट अहिले सहकारीमा देखिएको तरलतासम्बन्धी समस्या समाधान हुने किसिमको ठोस भूमिका खेल्न उनीहरुको माग छ । 

ध्यानाकर्षण पत्रमा जिल्ला सहकारी संघ, ललितपुरका अध्यक्ष केदार गोर्खाली, ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईं र ललितपुर बहुउद्देश्यीय संघका अध्यक्ष शरद महर्जनले हस्ताक्षर गरेका छन् । 

ललितपुरमा रहेका सहकारी संस्थाहरुको समस्या समाधानका लागि सहकारी सहजिकरण संयन्त्र गठन गरिएको र जिल्ला भित्रका सहकारी संस्थामा देखिएको समस्या र चुनौतिका बारेमा राज्य र महासंघलाई जानकारी गराइएको उनीहरुले जनाएका छन् । 

मुलुकको अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारी क्षेत्र स्थापित भएर समग्र आर्थिक विकास महिला सशक्तिकरण, रोजगारी सिर्जना एवं गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले राज्यको तर्फबाट सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि अपेक्षित भूमिका निर्वाह नभएकाले त्यसतर्फ राज्यको ध्यानाकर्षण उनीहरुले गराएका छन् ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप