तरलता संकट समाधानका लागि ललितपुरका सहकारीकर्मीहरुद्वारा रजिष्ट्रारलाई ध्यानाकर्षण पत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरलता संकट समाधानका लागि ललितपुरका सहकारीकर्मीहरुद्वारा रजिष्ट्रारलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ललितपुरका सहकारीकर्मीहरुले विद्यमान तरलता संकट सहजीकरणका लागि पहल गरिदिनुहुन अनुरोध गर्दै सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ध्यानाकर्षण गराएका छन् । तरलता संकटका कारण सहकारीको कारोबारनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै उनीहरुले सहजीकरणका लागि विभागको ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्र मार्फत विद्यमान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

सन्दर्भ व्याजदरका कारण सहकारी संस्थाहरुले बचतको ब्याजदर समयानुकूल बढाउन नसक्दा सहकारीको बचत बैंक तथा वित्तीय संस्थामा रकमान्तर भइरहेकोले तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि माग गरेका छन् । ब्याजदरलाई छिटोभन्दा छिटो बजार अनुकूल निर्धारण गर्न नसके यसको अवज्ञालाई रोक्न नसक्ने समेत उनीहरुले चेतावनी दिएका छन् । त्यसैगरी सहकारी संघसंस्थाको भाका नाघेको कर्जा असुली गर्नका लागि विशेष संयन्त्र गठन गरी असुलउपरका लागि पहल गर्न, सहकारी संस्था भ्रमात्मक समाचार आएकाले त्यस्ता समाचारहरुको खण्डनसहित राज्यका तर्फबाट सकारात्मक सन्देश जारी गर्न र राज्यको तर्फबाट अहिले सहकारीमा देखिएको तरलतासम्बन्धी समस्या समाधान हुने किसिमको ठोस भूमिका खेल्न उनीहरुको माग छ । 

ध्यानाकर्षण पत्रमा जिल्ला सहकारी संघ, ललितपुरका अध्यक्ष केदार गोर्खाली, ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईं र ललितपुर बहुउद्देश्यीय संघका अध्यक्ष शरद महर्जनले हस्ताक्षर गरेका छन् । 

ललितपुरमा रहेका सहकारी संस्थाहरुको समस्या समाधानका लागि सहकारी सहजिकरण संयन्त्र गठन गरिएको र जिल्ला भित्रका सहकारी संस्थामा देखिएको समस्या र चुनौतिका बारेमा राज्य र महासंघलाई जानकारी गराइएको उनीहरुले जनाएका छन् । 

मुलुकको अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारी क्षेत्र स्थापित भएर समग्र आर्थिक विकास महिला सशक्तिकरण, रोजगारी सिर्जना एवं गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले राज्यको तर्फबाट सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि अपेक्षित भूमिका निर्वाह नभएकाले त्यसतर्फ राज्यको ध्यानाकर्षण उनीहरुले गराएका छन् ।
 
भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

४५ मिनेट अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१९ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप