नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको आयोजनामा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व विषयक कार्यशाला भक्तपुरमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको आयोजनामा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व विषयक कार्यशाला भक्तपुरमा सुरु

‘साकोसका सदस्यहरूमाझ वित्तीय प्रविधिको शिक्षा र वित्तीय सक्षमतामा जोड दिऊँ’

भक्तपुर । नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजना र नेफ्स्कूनको सहकार्यमा २१औं शताव्दीमा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व विषयक दुई दिवसीय कार्यशाला गोष्ठी आजबाट भक्तपुरमा शुरु भएको छ । गोष्ठीको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र कोषाध्यक्ष दिपक पनेरुको विशिष्ट आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत एव. नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संरक्षक प्रकाश प्रसाद पोखरेल, नेफ्स्कून उच्च व्यवस्थापन, म्यानेजर्स क्यूरी (साकोस अभियानको विज्ञ व्यवस्थापकीय टिम) का संयोजक विनोद पराजुली एवं सदस्यहरु, क्लबका संयोजक दिपक बस्नेत लगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको छ । 

कार्यक्रममा प्रमुख अतिथि पौड्यालबाट नेफ्स्कून साकोस म्यानेजर्स क्लबको वेप पेज सार्वजनिक गरिएको थियो । नेपालभरका उत्कृष्ट साकोसका म्यानेजर्सहरुको समूह, जुन साकोस अभियानमा थिंक टयांकको रुपमा रहेको छ, उहाँहरुको व्यक्तिगत विवरण साथै अभियानका लागि आवश्यक सुझाव तथा परामर्शलाई स्थान दिन सकिने गरि पेजको निर्माण गरिएको छ ।  जसमा साकोस म्यानेजर्स क्लबका पूर्व अध्यक्षहरु, जुन विज्ञ सल्लाहकार (म्यानेजर्स क्यूरी) को रुपमा रहनुभएको छ, उहाँहरुको समेत विवरण पेजमा राखिएको छ । 

विशिष्ट अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले २१औं शताब्दीको कुशल व्यवस्थपकीय नेतृत्वको रुपमा रहेको नेफ्स्कून साकोस म्यानेजर्स क्लब सहकारीका विद्यमान समस्याहरुलाई चिर्न र अग्रभागमा आई अभियानलाई सङ्गलो बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले विद्यमान आर्थिक संकट र सहकारी क्षेत्रमा परेको प्रभावका बाबजुत पनि सुशासनमा चलेका सहकारीहरुमा खासै समस्या नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जतिपनि समस्या र अप्ठ्याराहरु छन्, ती सहकारीको सिद्धान्त र नीति नियम विपरित चलेका सहकारीहरु छ, जसमा दुख जिलो गरेर सहकारीमा स सानो बचत गर्ने सदस्यहरु परेका छन् ।” कोषाध्यक्ष पनेरुले साकोस अभियानको सक्षम व्यवस्थापकीय नेतृत्व त्यसतर्फ सजग भएर समग्र अभियानलाई मार्गनिर्देशन गर्ने दिशामा अघि बढोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।   

कार्यक्रममा क्लबका सदस्य एवं बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. की व्यवस्थापक उर्मिला ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक दिपक बस्नेतले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेफ्स्कूनको रणनीतिक मार्गचित्र, 3P बटम लाईन समाज, समृद्धि र संसारलाई समृद्ध र उन्नत बनाउनका लागि सक्षम नेतृत्व कसरी हुन्छ ? भन्ने विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

उहाँले ग्लोबन ट्रेण्ड अफ चेन्ज, जस अन्तर्गत व्यवस्थापनले अरुले देख्नेभन्दा धेरै देख्ने, अघि देख्ने र टाढा देख्ने हुनुपर्ने विषय र त्यसका आधारहरुका विषयमा जोड दिनुभएको थियो । उहाँले 4D vs 4D को विषयमा चर्चा गर्दै अबको सहकारी अभियानको मार्गदिशा विशुद्ध सदस्य केन्द्रीत रहने र वित्तीय प्रविधिको शिक्षा र वित्तीय सक्षमतालाई मुल एजेण्डा बनाएर सहकारी मुभमेन्टमार्फत सबल समुदाय निर्माणमा जुड्नुपर्ने आवश्यकतामाथी चर्चा गर्नुभयो । त्यसैगरी साकोस अभियानको सम्पूर्ण वित्तीय कारोबार अव एकै ठाउँबाट सम्भव गर्न नयाँ प्रविधि सहितको मिरा ईआरपी कार्यान्वयन शुभारम्भ भएको समेत जानकारी गराउनुभयो । 

कार्यक्रमको दोस्रो प्रस्तुतीकरणमा ‘मोटिभेसनल स्पिकर’ मनोविद् पदम प्रसाद घिमिरेले ‘इमोसनल इन्टिलेजेन्स’ को विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । उहाँले उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरुले समाजमा गर्न सक्ने योगदान, नियन्त्रण गर्न सक्ने क्षमता, संवेदनशीलता, कौशल नेतृत्व क्षमता, संवेदनशीलता, भावनात्मकता, समानुभूति कौशल, स्वीकारोक्ती जस्ता विषयहरु सम्बन्धी ज्ञान प्रदान गर्नुभएको थियो । 

आज र भोली दुई दिन सञ्चालन हुने गोष्ठीमा साकोस अभियानका लागि विकास गरिएको उच्च स्तरको प्रविधि मिरा ईआरपी सफ््वेयर, व्यवस्थापकीय नेतृत्व विकास, मानव संशाधन विकास लगायतका विविध विषयहरुमा समसामयिक प्रस्तुतीकरणर हुने कार्यक्रम रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप