सहकारीको अग्रभागमा र बजार प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरूका लागि तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको अग्रभागमा र बजार प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरूका लागि तालिम प्रदान

रामेछाप ।  बचत तथा ऋण सहकारी संस्थाको अग्रभागमा रहेर काम गर्ने कर्मचारी तथा बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम आज सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) फिल्ड कार्यालय मन्थलीको आयोजनामा कार्तिक २६ र २७, २ दिन सञ्चालित तालिममा नेफ्स्कून मन्थली फिल्ड व्यवस्थापन उप समिति सदस्य तथा मन्थली साकोसका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षता तथा रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख अतिथ्यता रहेको थियो । तालिममा २१ वटा साकोस वाट ३४ जनाको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि दाहालले सहकारीमा शिक्षा, तालिम र सूचना भन्ने सहकारीको ५ नं. सिद्धान्त अत्यन्त महत्वपूर्ण रहेको बताउँदै साकोसका सम्पूर्ण कर्मचारीहरुले आफ्नो कार्यमा दक्ष हुन अपरिहार्य रहेको बताउनुभयो । 

सभाध्यक्ष गोविन्द घिमिरेले तालिममा सिकेका कुराहरु संस्थामा लागु गर्न सके मात्र तालिम फलदायी हुने र सहभागीले तालिममा उच्चतम सहभागिता जनाई तालिमलाई प्रभावकारी वनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेफस्कून फिल्ड व्यवस्थापन उप समिति सदस्य सोमेस थापा, रामेछाप जिल्ला बचत संघका माहासचिव नविन केसी र नेफस्कून कार्यक्रम अधिकृत पवन घिमिरेको आतिथ्यता रहेको थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । स्वगत मन्तव्य रामेछाप जिल्ला बचत संघका माहासचिव नविन केसीले गर्नुभएको थियो । 

तालिमको उद्घाटन तथा समापन सत्रको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन मन्थली फिल्ड ईन्चार्ज सुर्य वहादुर थापाले गर्नुभएको थियो ।

तालिम समापन सत्रमा फिल्ड व्यवस्थापन उप समिति सदस्य सोमेस थापाको आतिथ्यता रहेको थियो । सभाध्यक्ष गोविन्द घिमिरे र सोमेस थापाले संयुक्त रुपमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप