हिमाली ब्राम्ही महिला साकोसको आयोजनामा नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राम्ही महिला साकोसको आयोजनामा नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

चितवन । हिमाली ब्राम्ही महिला साकोस, भरतपुर–११, जागृती चोक, चितवनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्तिक २५ गते शुक्रबार सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम– प्रोबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक÷सदस्य, प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापक, सहायक स्तरको कर्मचारी र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५७ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष भवानी अधिकारीको अध्यक्षता र भरतपुर महानगरपालिका उप–नगर प्रमूख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता, नेप्mस्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, नेप्mस्कून सञ्चालक समिति सदस्य  विद्या कोईराला र जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिज्यूहरुले सहकारी संस्थाहरु अहिले बैङ्क तथा वित्तीय संस्था सरह सेवा सुविधा दिने अवस्थामा बृद्धि भएको यस परिस्थितीमा सहकारी सहकारीको मुल्य मान्यतामा र सिद्धान्तमा चल्नुपर्ने विषयमा जोड दिनुभएको थियो । 

संस्थाको वित्तीय पारदर्शीता प्रस्तुत गर्दै सदस्यहरुको बचतको सुरक्षाको सुनिश्चितताका लागि गुणस्तर सुधारका कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुका लागि आव्हान गर्नुभएको थियो । 

हाल तरलता जोखिमको अवस्थामा संस्थाहरुले ऋणको मागलाई सम्बोधन गदै ऋण लगानी गरिएको पाईएकोमा ऋणलाई भन्दा तरलता व्यजस्थापनमा जोड दिनुपर्ने उहाँहरुको भनाई थियो । 
कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसको ऋण अधिकृत ठाकुर प्रसाद दवाडीलाई पुरस्कृत गरीएको थियो जसमा उत्तराधिकारी योजना अनुरुप व्यवस्थापकको उपस्थितिमा सहायक स्तरको कमचारीको प्रस्तुतिकरण रहेको थियो ।

उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाकी उपाध्यक्ष  मिना कुमारी पाण्डे र कार्यक्रम सञ्चालन सचिव तथा प्रोवेसन कार्यक्रम सदस्य गिता  के.सि.ले गर्नु भएको थियो । 

आगामी दशौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सजिलो साकोस, भरतपुर–२३, कृष्ण चोकको आयोजनामा आगामी माघ २७ गते सम्पन्न गर्ने निर्णय गरिएको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप