२१औं शताव्दीमा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व निर्माणका लागि ७ बुँदे संकल्प पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२१औं शताव्दीमा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व निर्माणका लागि ७ बुँदे संकल्प पारित

भक्तपुर । २१औं शताव्दीमा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व (Workshop on Effective Managerial Leadership for Financial Cooperative of the 21st Century) विषयक दुई दिवसीय कार्यशाला गोष्ठी ७ बुँदे संकल्प पारित गर्दै सोमबार सम्पन्न भएको छ । 

नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजना र नेफ्स्कूनको सहकार्यमा भक्तपुरमा सञ्चालित गोष्ठीको समापन नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संकल्प घोषणा सहित गर्नुभएको थियो । 

नेफ्स्कूनको सञ्जालभित्रका वित्तीय सहकारीहरुका साझा मुद्दाहरुमा चिन्तन मनन गर्ने, नविन अवधारणाहरु विकास गर्ने र भोलिका सम्भावनाहरु पहिचान गर्ने लुज फोरम हो नेफ्स्कून साकोस म्यानेजर्स क्लब । बचत तथा ऋण सहकारी अभियानभित्र कार्यरत मानव संशाधनको विकास र परिचालन गरी नविनतम् विषयहरुको प्रवर्धन र अवलम्बनका लागि संघ अन्तर्गत एक व्यवसायिक विशेषज्ञ समूहको रुपमा क्लब रहने व्यवस्था क्लब सञ्चालन कार्यविधिमा उल्लेख रहेको छ । क्लबको वर्तमान संयोजक जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत हुनुहुन्छ । 

सञ्जाल सुदृढीकरण, नविनतम् प्रविधि र अभियानमैत्री नीतिगत व्यवस्थाका लागि निरन्तर वहस तथा पैरवी गर्न अनुकूल वातावरण निर्माण, साकोसमा देखिएका वित्तीय जोखिम न्यूनीकरणका लागि मानदण्डहरुको विकास र कार्यान्यवनका लागि समन्वय तथा सहकार्य,  साकोस अभियानमा योग्य एवम् दक्ष जनशक्ति विकासमा मानव संशाधन बैँक निर्माणका लागि नविनत्म प्रविधिको विकास लगायतका संकल्पहरु पारित गरेको छ । 

सात बुँदे संकल्पहरुः

Effective Managerial Leadership 
For 
Financial Cooperatives of the 21st Century
Date: November 14, 2022

संकल्पहरु (Resolutions)

वित्तीय सहकारी क्षेत्रको सहभागिता र बचत तथा ऋण सहकारी मार्फत समृद्ध राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गरी वित्तीय पहुँच अभिबृद्धि, महिला सशक्तीकरण, नेतृत्व तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्यूनीकरणमा यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको हुँदा यस क्षेत्रमा प्राप्त उपलब्धिको सम्बद्र्धन गर्दै साकोस अभियानको स्वस्थ विकासलाई प्रोत्साहित गर्न : 

  • अभियानको श्रोत, अभियानकै लागि संकल्प सहित सञ्जालको स्रोतमा पहुँच र साझा प्रविधि अवलम्वन गरिनेछ । 
  • सञ्जाल सुदृढीकरण, नविनतम् प्रविधि र अभियानमैत्री नीतिगत व्यवस्थाका लागि निरन्तर वहस तथा पैरवी गर्न अनुकूल वातावरण निर्माण गरिनेछ ।
  • साकोस एकरुपता प्रणाली कार्यन्वयनका लागि ऐक्यवद्धता कायम गरी छवी प्रवर्धन गरिनेछ ।
  • साकोसमा देखिएका वित्तीय जोखिम न्यूनीकरणका लागि मानदण्डहरुको विकास र कार्यान्यवन गरी निरन्तर समन्वय र सहकार्यमा स्व–नियमको अभ्यासमा सहकार्य गरिनेछ ।
  • सञ्जालमा योग्य एवम् दक्ष जनशक्ति विकासमा मानव संशाधन बैँक निर्माणका लागि नविनत्म प्रविधिको विकास गर्न म्यानेजर्स क्लव मार्फत प्राविधिक समन्वय तथा सहजीकरण गरिनेछ ।
  • अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आन्तरिकीकरण गरी दिगो विकास लक्ष्य प्राप्तिमा योगदानका लागि सहजीकरण तथा सहकार्य गरिनेछ ।
  • वित्तीय सहकारी अभियानलाई सुरक्षित तथा सुदृढ बनाई जोखिम न्यूनीकरणका लागि स्थिरीकरण कोषमा सहभागिता अभिबृद्धि गर्न सहजीकरण गरिनेछ ।

गोष्ठी समापन कार्यक्रममा नेफ्स्कून उच्च व्यवस्थापनका कर्मचारीहरु, नेफ्स्कून साकोस म्यानेजर्स क्लबको विज्ञ सल्लाहकार समूह (म्यानेजर्स क्यूरी) का सदस्यहरु, नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का अध्यक्ष काजी श्रेष्ठ, निवर्तमान अध्यक्ष खिला दाहाल, सदस्य माधव खड्का लगायत दुई दिनको गोष्ठीमा सहभागी सातै प्रदेशको प्रतिनिधत्व सहित उत्कृष्ट व्यवस्थापकहरु सहभागी हुनुहुन्थ्यो । 

म्यानेजर्स क्यूरी नेफ्स्कून–साकोस म्यानेजर्स क्लबलाई आवश्यक सर सल्लाह सुझाव प्रदान गर्ने स्थायी प्रकृतिको ५ सदस्यीय विज्ञ सल्लाहकार समूह हो । क्यूरीको वर्तमान संयोजक रुपन्देहीस्थित कोलिय देवदह साकोसका प्रमुख कार्यकारी अधिकृत विनोद पराजुली हुनुहुन्छ । 

समापनका क्रममा म्यानेजर्स क्यूरीको तर्फबाट आफ्नो विचार राख्दै चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले गत दुई बर्षको कोभिड प्रभावका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा हामीले सहकारी क्षेत्रमा परेको प्रभाव र यसका सकारात्मक नकारात्मक पक्षको आंकलन गरिरहेको र त्यसबाट अब कसरी बाहिर निस्कन सक्छौं भन्ने महत्वपूर्ण कुरा रहेको बताउनुभयो । दुई दिनको कार्यक्रमका दौरानमा विषय विज्ञहरुले प्रस्तुत गर्नुभएको ज्ञानबाट पनि ‘इमोसनल इन्टिलिजेन्स्’ले हाम्रो दक्षतामा कसरी काम गर्छ, यदि हामी कुनै काम प्रति मोटिभेट हुन सकेनौं भने त्यसले हाम्रो आईक्यूमा पार्ने प्रभावको बारेमा राम्रो ज्ञान प्राप्त भएको स्पष्ट पार्नुभयो । दुई दिनको कार्यक्रम अत्यन्त प्रभावकारी, उपलब्धीमूलक रहेको र अझै सहकारीका समसामयिक वित्तीय संकट र असहजताका विषयमा पर्याप्त छलफलको कमी भयो कि भन्ने विचार व्यक्त गर्नुभयो । 

त्यसैगरी महिला मिलन साकोसकी व्यवस्थापक फुलमाया मोक्तानले विषम परिस्थितिमा सहकारीले झेल्नुपरेको समस्या र समस्या समाधानका लागि साकोस अभियानमा एक कुशल व्यवस्थापकीय नेतृत्वको खेल्नुपर्ने भूमिकाको बारेमा अत्यन्त समय सान्दर्भिक छलफल भएको र यसलाई तार्किक निश्कर्षमा पुर्याउनका लागि नेफ्स्कून साकोस म्यानेजर्स क्लबको भूमिका सशक्त र महत्वपूर्ण रहनेछ भन्नेमा विश्वास लिएको बताउनुभयो । उहाँले वित्तीय सहकारीमा कार्यरत जनशक्तिको दक्षता र पेशागत विकासका लागि मानव संशाधन बैंक निर्माणको विषय अत्यन्त महत्वर्पूण रहेको बताउनुभयो । 

दुई दिवसीय उक्त गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनको रणनीतिक मार्गचित्र, ‘मोटिभेसनल स्पिकर’ मनोविद् पदम प्रसाद घिमिरेले ‘इमोसनल इन्टिलेजेन्स’, नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले मिरा ईआरपी सफेटवेयर, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले मानव संशाधन बैंकको आवश्यकताको विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । दोस्रो दिनको सेसनमा व्यवस्थापन परामर्शदाता सोहनबाबु खत्रीले २१औं शताब्दीमा साकोस व्यवस्थापनको पेशागत व्यवसायिकताका सवालहरु विषयमा प्रयोगात्मक प्रस्तुतीकरण गर्नुभएको थियो । 
 
भर्खरै
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कून र शुभ चन्द्रसूर्य साकोस बीच स्क्यान कार्यक्रम कार्यान्वयन सम्बन्धि सम्झौता सम्पन्न
नेफ्स्कून र शुभ चन्द्रसूर्य साकोस बीच स्क्यान कार्यक्रम कार्यान्वयन सम्बन्धि सम्झौता सम्पन्न

१ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

एकिकृत जनभावना साकोसको स्थलगत सुपरिवेक्षण
एकिकृत जनभावना साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

लेटाङ साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
लेटाङ साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

लोकप्रिय
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

१ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

लेटाङ साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
लेटाङ साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२ दिन अगाडि

पाठकबाट थप