आन्तरिक लेखा परिक्षण तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आन्तरिक लेखा परिक्षण तालिम सम्पन्न 

काठमाडौं । नेफ्स्कून तालिम केन्द्रको आयोजनामा तालिम केन्द्र चावहिलमा कार्तिक २५ देखि २७ गतेसम्म सञ्चालित आन्तरिक लेखा परिक्षण तालिम आइतबार सम्पन्न भएको छ । 

सबल, सुरक्षित र सुशासित साकोस निर्माण गर्न तथा साकोसको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाउने उद्देश्यसहित सञ्चालित तीन दिवसीय तालिमको समापन नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका सदस्य सुशिल कुमार बस्न्यातले गर्नुभएको थियो ।  

तालिम समापनका अवसरमा बोल्दै नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका सदस्य बस्न्यातले साकोसका लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य र कर्मचारी दक्ष हुनुपर्ने, अझ तुलनात्मक रुपमा लेखामा कार्यरत कर्मचारीहरुमा कार्यगत दक्षता र निपूणता बढीनै आवश्यक पर्ने बताउनुभयो ।

साकोसको वित्तीय व्यवस्थापन प्रभावकारी बनाउन र संस्थागत शुसासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहने हुँदा साकोसमा कार्यरत कर्मचारीहरु पनि कार्यकुशलतामा दक्ष रहन निरन्तर तालिमको आवश्यकता बारे सदस्य बस्न्यातले चर्चा गर्नुभयो । लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा जोखिम कम हुनेमा उहाँले जोड दिनुभएको थियो ।  

तालिममा २२ वटा प्रारम्भिक संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य र कर्मचारी गरी २६ जनाको सहभागिता रहेको थियो । 

तालिमको सहजिकरण ललितपुर जिल्ला सहकारी संघका सचिव अनिरबीर बज्राचार्य र नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो । 

तालिम पश्चात सहभागीहरुले तालिम अत्यन्त उपयोगी र कार्यान्वयन तहमा प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप