जनकपुरधाममा माइन्युट तथा साधारणसभाको प्रतिवेदन लेखन गोष्ठी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरधाममा माइन्युट तथा साधारणसभाको प्रतिवेदन लेखन गोष्ठी सम्पन्न 

जनकपुरधाम । धनुषाको जनकपुरधाममा साकोसका पदाधिकारी र व्यवस्थापकहरुका लागि माइन्यूट लेखन तथा साधारणसभाको प्रतिवेदन लेखन सम्बन्धी तालिम प्रदान गरिएको छ । 

तालिममा धनुषाका ५० वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी ६० जनाको सहभागिता रहेको थियो । कार्तिक २८ गते आयोजित तालिमको अध्यक्षता नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डे र प्रमुख आतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले गर्नु भएको थियो । 

कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु गंगा बलम्पाकी, विजय महतो र नविन कुमार कर्णको सहभागिता रहेको थियो । फिल्ड व्यवस्थापन उपसमिति सस्दय गंगा बलम्पाकीले कार्याक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि ध्रुवनारयण यादवले नेफ्स्कून फिल्ड कर्यालय जनकपुरधाममा सञ्चालनमा आए पछि धैरे साकोसहरु शुसानमा आएको बताउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित विभिन्न तालिम कार्यक्रमहरु धनुषा र महोत्तरीमा अझै व्यापक बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष सुधिर कुमार पाण्डेले तालिम पश्चात सहभागीहरुले अब माइन्युट लेखन र साधारणसभाको प्रतिवेदन लेखन कार्य प्रभावकारी रुपमा गर्न सक्ने सामथ्र्य विकास भएको वताउनुभयो । 

कार्याक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले र कार्यक्रम सञ्चालन फिल्ड कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप