सिरहामा साकोस प्रतिनिधिहरुका लागि तरलता ब्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिरहामा साकोस प्रतिनिधिहरुका लागि तरलता ब्यवस्थापन तालिम सञ्चालन

काठमाडौं । सिरहाको लाहानमा साकोसका पदाधिकारी, सञ्चालक एवम् कर्मचारीहरुका लागि एक दिवसीय तरलता व्यवस्थापन तालिम प्रदान गरिएको छ । 

नेफ्स्कून सेवा केन्द्र लाहानको आयोजनामा मंसिर २० गते सञ्चालित तालिममा सिरहा र सप्तरी जिल्लामा सञ्चालित २१ वटा बचत तथा ऋण सहकारी संस्थाबाट पदाधिकारी, सञ्चालक सदस्य, ब्यवस्थापक, कर्मचारी गरी २२ जना र  सप्तरी र सिरहा जिल्ला बचत संघबाट एक एक जना कर्मचारी गरी २४ जनाको सहभागिता रहेको थियो । 

जिल्ला बचत संघ सिरहाका अध्यक्ष संजय कुमार महतोको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो ।  जिल्ला बचत संघ सिरहाकी कोषाध्यक्ष देव कुमारी लामाले साकोसहरुमा तरलता व्यवस्थापन तालिम अत्यन्त महत्वपूर्ण र समयसान्दर्भिक रहेकोले तालिमबाट सिकेका कुराहरु संस्थामा लागु गर्न प्रतिबद्ध रहनुपर्ने साथै तालिमले साकोसमा तरलता व्यवस्थापनमा सहजता ल्याउने बताउनुभयो ।  

जिल्ला सहकारी संघका अध्यक्ष एवम् सभाध्यक्ष संजय कुमार महतोले नेफ्स्कूनले समय समयमा निशुल्क अर्थात न्यूनतम शुल्कमा तरलता व्यवस्थापन तालिम सञ्चालन गर्न सके साकोस सञ्चालनमा सहजता आउने बताउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित तालिमहरु अत्यन्त प्रभावकारी रहने बताउँदै तालिमबाट संस्था सञ्चालनमा प्रभावकारिता, मितव्ययिता, सुशासन र पारदर्शिता कायम गर्न सकिने स्पष्ट पार्नुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून सेवा केन्द्र लाहानका इन्चार्ज संजय कुमार कर्ण र कर्मचारी गोविन्द प्रसाद प्रभाकरले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप