विराटनगरको बिराटेश्वर साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विराटनगरको बिराटेश्वर साकोस कर्ब्स कार्यक्रममा आबद्ध

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–९ मा रहेको बिराटेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत मंसिर २० गते  साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष केशव बहादुर कार्की, नेफ्स्कूनको तर्फबाट नेफ्स्कून विराटनगर सेवा केन्द्र प्रमुख विन्दा भट्टराई र जिल्ला बचत संघ मोरङको तर्फबाट कार्यक्रम अधिकृत रामकुमार दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

साकोसका अध्यक्ष कार्कीले नेफ्स्कूनद्वारा सञ्चालन गरिएको गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भई साकोसको वित्तीय स्वस्थता कायम गर्न तथा संस्थागत सुधारका लागि कार्यक्रमले मार्गदर्शन गरेका सम्पूर्ण विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

२०६५ साल जेष्ठ २८ गते स्थापना भएको बिराटेश्वर साकोसमा ८ सय २६ जना शेयर सदस्य सहित रु. ३ करोड ७२ लाख ७० हजार ७०० शेयर पुँजी, जगेडा कोषमा रु. १ करोड २४ लाख १५ हजार २४७, बचत रु. १४ करोड २० लाख ३६ हजार ३३६ रहेको छ भने साकोसको कुल वासलाता २० करोड ४२ लाख २६ हजार ४९० पुगेको छ ।   
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप