बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा ‘सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण मापदण्ड, २०७९’ जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा ‘सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण मापदण्ड, २०७९’ जारी

काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सहकारी संघ÷संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण मापदण्ड, २०७९’ सार्वजनिक गरेको छ । मन्त्रालयले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रदेश मातहत रहेका सहकारी संघ संस्थाहरुको संयुक्त रुपमा अनुगन गर्ने गरी मापदण्ड जारी गरेको हो । सहकारी संघ संस्था अनुगमन यसअघि सरकारी निकायले मात्रै गर्दै आएको भएपनि अब अभियानको तर्फबाट समेत प्रतिनिधित्व रहने गरी अनुगमन तथा निरिक्षण समिति गठन गरिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको मापदण्डको परिच्छेद ५ को १२, १३, १४ र १५ मा अनुगमनसम्बन्धी व्यवस्था रहेको मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिनुभयो । सहकारी संघसंस्थाको अनुगमन तथा निरिक्षण गर्न प्रदेश र जिल्लास्तरीय अनुगमन तथा निरीक्षण समिति बनाउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

प्रदेशस्तरीय अनुगमन तथा निरिक्षण समितिमा प्रदेशका सचिव संयोजक र सदस्यहरुमा प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष, प्रदेश रजिष्ट्रार, प्रदेश सहकारी संघका अध्यक्ष, प्रदेश बिषयगत सहकारी संघका अध्यक्षहरु, राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि र मन्त्रालयको योजना तथा अनुगमन शाखा प्रमुख सदस्य रहने व्यस्था रहेको छ भने समितिमा मन्त्रालयका कानुन अधिकृत सदस्य सचिव रहनेछन् । 

समितिले अनुगमन गर्ने संघसंस्थाको पहिचान, अनुगमन तथा कैफियत सुधारका विधिहरु तयार गर्ने, प्रदेशबाट खटिने अनुगमन टोली निर्माण गरी परिचालन गर्ने, जिल्ला स्तरका अनुगमन समितिको कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने, प्रदेशस्तरबाट अनुगमनको प्रतिवेदनमा देखिएका व्यहोराहरुमाथि छलफल गरी निर्देशन दिने वा छलफलका लागि मन्त्रलायमा पठाउने र रजिष्ट्रार बाट अनुगमनका कैफियत सुधार सम्बन्धी प्रतिवेदन प्राप्त गरी आवश्यकताअनुसार कारवाही प्रक्रिया अघि बढाउन शिफारिस गर्ने व्यवस्था उल्लेखित छ । 

मन्त्रालयले जारी गरेको मापदण्डमा ८ वटा परिच्छेदमा ३५ वटा व्यवस्था गरिएको छ । यो मापदण्ड आजैका मितिबाट लागु भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले राष्ट्रिय सहकारी महासंघ, बागमती प्रदेश अन्तर्गतका प्रदेश संघ, जिल्ला संघ र विषयगत केन्द्रीय संघका प्रतिनिधिहरुको बिचमा एक कार्यक्रमको आयोजना गरी उक्त मापदण्ड सार्वजनिक गरेको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप