कर्णाली प्रदेशको सुर्खेतमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णाली प्रदेशको सुर्खेतमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन सम्बन्धी तालिम सञ्चालन

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्याङ्कन सम्बन्धी १ दिने तालिम मंसिर २० गते सम्पन्न भएको छ । 

तालिममा सुर्खेत, दैलेख र अछाम जिल्लाको ३३ वटा साकोसबाट ९ जना महिला र २७ जना पुरुष गरी जम्मा ३६ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायको अध्यक्षता र नेफ्स्कून साकोस म्यानेजर्स क्लवका कर्णाली प्रदेश संयोजक रमेश खनालको प्रमुखत्वमा तालिमको उद्घाटन भएको थियो । 

फिल्ड व्यवस्थापन उपसमिति सदस्य उपाध्यायले ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्याङ्कन कार्य बचत तथा ऋण सहकारी संस्थाको मेरुदण्डको रुपमा रहेको हुँदा संस्थाले आवश्यक प्रक्रिया पुरा गरेर मात्र ऋण लगानी गर्नुपर्नेमा जोड दिनुभयो । ऋण लगानी गर्दा विभिन्न किसिमका कानुनी जटिलताहरु आईपर्ने भएकोले ती कानुनी प्रक्रियाहरुको लागि आवश्यक प्रक्रिया पूरा गर्न र धितोका आधारमा लगानी गर्दा अपनाउनु पर्ने कानुनी प्रक्रिया, कागजात प्रक्रियाका लागि तालिम अत्यन्त उपलब्धीमूलक रहने बताउनुभयो । 

तालिममा उपस्थित सहभागिहरुलाई स्वागत मन्तव्य नेफ्स्कूनको साकोस म्यानेजर्स क्लव कर्णाली प्रदेशका संयोजक रमेश खनालले गर्नु भएको थियो । एक दिने ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्याङ्कन सम्बन्धी तालिमको सहजीकरण नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो । कार्यक्रममा उचित व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 

तालिमको सहजीकरणमा प्रशिक्षक मनोज बुढाथोकीले ऋण लगानी गर्दा अपनाउनुपर्ने आवश्यक कागजी प्रक्रिया, भाखा नाघेको ऋणीलाई गर्ने पत्राचार, असुली प्रक्रियाका लागि अपनाउनु पर्ने प्रक्रिया, सहकारी ऐन, नियमावलीमा भएका कानुनी प्रावधानहरु, धितो लिलामी प्रक्रिया, धितो मूल्याङ्कन सम्बन्धी आवश्यक प्रक्रिया, कानुनी प्रावधान सम्बन्धी विषयहरुमा सहजीकरण गर्नु भएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप