सहकारी क्षेत्रको वर्तमान समस्या समाधानार्थ पहल गर्न भन्दै राष्ट्रिय सहकारी महासंघले विभागका रजिष्ट्रार पण्डितलाई बुझायो ५ बुँदे ज्ञापनपत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रको वर्तमान समस्या समाधानार्थ पहल गर्न भन्दै राष्ट्रिय सहकारी महासंघले विभागका रजिष्ट्रार पण्डितलाई बुझायो ५ बुँदे ज्ञापनपत्र 

काठमाडौं । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानार्थ पहल गर्न भन्दै राष्ट्रिय सहकारी महासंघले विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

शुक्रबार विभागमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच महासंघका सञ्चालक के.बी. उप्रेतिले उक्त ज्ञापनपत्र बुझाउनुभएको हो । 

महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाको हस्ताक्षर सहितको सो ज्ञापन पत्रमा बजारमा अस्वभाविक व्याजदर बृद्धि भएसँगै सो को प्रत्यक्ष प्रभाव सहकारी क्षेत्रमा परेको र सहकारीले स्वचालित रुपमा व्याजदर परिवर्तन गर्न नपाउँदा यस क्षेत्रको पुँजी पलायन हुँदै गएकोप्रति विभागको ध्यानाकर्षण गराइएको छ । 

त्यसैगरी बजार अनुरुप स्वचालित रुपमा सन्दर्भ व्याजदर घटबढ हुने गरी पुनरावलोकन हुनुपर्ने, सम्पत्ति रोक्का, कालो सूचीमा समावेश लगायतका व्यवस्थामार्फत सहकारी संस्थाहरुको खराव ऋण असुलीमा आवश्यक सहयोग गर्नुपर्ने, सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण व्याजमा उपलब्ध गराउन सिफारिस गरी तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने, ऐनमा व्यवस्था भएवमोजिमका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने, सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आम समुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने लगायतको सुझाव ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै रजिष्ट्रार पण्डितले सहकारी अभियानले प्रमुखत सहकारीप्रति सदस्यहरुको विश्वासको बातावरण सृजना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तरलता अभाव भएसँगै धेरै सहकारीहरु बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका कारण दिनप्रतिदिन सदस्यहरुमा अविश्वास बढेको छ, अभियानले त्यसलाई चिर्न सक्ने र आफ्ना सदस्यहरुलाई विश्वासमा लिने काम गर्नुपर्छ ।”

महासंघ, प्रदेश र जिल्लास्तरिय संघले पटक पटक ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै ज्ञापनपत्रमा महासंघले सञ्चालक केबी उप्रेतीको संयोजकत्वमा समिति बनाएको समेत जानकारी गराएको छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप