सिन्धुलीमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न

सिन्धुली । नेफ्स्कून सेवा केन्द्र सिन्धुलीको आयोजनामा १ दिवसिय सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठि सिन्धुलीमाढीमा मङसिर २२ गते सम्पन्न भएको छ । 

गोष्ठिमा राष्ट्रिय सहकारी महासंघका लेखा समीति सदस्य तथा सिन्धुली बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाल कुमारी श्रेष्ठको अध्यक्षता रहेको थियो । 

अध्यक्ष श्रेष्ठले तालिममा साकोसको वित्तीय परिचालनका लागि सदस्यको ऋण निवेदन परेपश्चात लगानीपूर्वको विश्लेषण, लगानीमा रहेको ऋणको अनुगमन र कारणबस भाखा नाघेको अवस्थामा भाखा नाघेको ऋणको व्यवस्थापन सम्मका प्रक्रिया पुरा गर्न साथै आगामी दिनमा गरीने ऋण लगानीको सुरक्षित परिचालनका निम्ति सहयोग पुग्ने बताउनु भयो । 

गोष्ठिमा सिन्धुली जिल्लामा सञ्चालित ३५ बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, व्यवस्थापक र कर्मचारी गरी ४० जनाको उपस्थित रहेको थियो  । गोष्ठिमा ऋण लगानीका प्रक्रिया, लगानीपश्चात आईपर्ने सम्भावित जोखिम र तिनको व्यवस्थापनको विषयमा छलफल भएको र सिकाई उपलव्धिमुलक भएको गोष्ठिका सहभागीहरुको भनाई थियो । 

उक्त गोष्ठिको सहजीकण नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो भने आवश्यक समन्वय  नेफ्स्कून सेवा केन्द्र सिन्धुलीका ईन्चार्ज श्याम बुढाथोकी र कर्मचारी अस्मिता दाहालले  गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप