नवलपरासीमा साकोस सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीमा साकोस सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कून भुमहि सेवा केन्द्रको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपरासीको समन्वयमा एक दिवसीय सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवपरासीका अध्यक्ष एवं नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीका आमन्त्रीत सदस्य राजन आचार्यको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख व्यक्तित्वको रुपमा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनु भएको थियो । अथितिहरुमा रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य रविन्द्र विक्रम हमाल, नेफ्स्कून साकोस म्यानेजर क्लब रुपन्देहीका सदस्य  बद्री पौडेल, नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का लगायतको उपस्थिति थियो । 

संघका बरिष्ठ उपाध्यक्ष ढकालले यस क्षेत्रका साकोसहरुले संघप्रति गरेको हार्दिकता एवं  ऐक्यवद्धताका लागि धन्यवाद व्यक्त गर्नु भयो साथै संघ संधै सदस्य संघ संस्थाको विचमा रहेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सहभागीहरुलाई उत्प्रेरणा प्रदान गर्दै आफु आवद्ध भएको संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा आफुलाई स्थापित गर्न निरन्तर सिकाई कार्य गर्न तत्तपरता र कमिटमेन्टको आवश्यकता रहेको औल्याउनु भयो ।

 फिल्ड व्यवस्थापन उपसमिति सदस्य श्रेष्ठले  उद्घाटन शत्रमा स्वागत मन्तव्य सहित सहकारी संघ संस्थाका कर्मचारी र संञ्चालकमा व्यवस्थापकीय र सञ्चारको ज्ञान नहुनु नै मूख्य चुनौतिको रुपमा रहेको धारणा राख्नु भयो । अभियानको दिगोपनको लागि कर्मचारी र संञ्चालकको क्षमता विकासका कार्यक्रमको आवश्यकता रहेको र उक्त आवश्यकता परिपूर्ति गर्न संघले नियमित रुपमा तालिम शिक्षाका कार्यक्रम संञ्चालन गरी रहेको धारणा राख्नु भयो ।

सभाध्यक्ष आचार्यले अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीको भन्दा सहकारीका कर्मचारीको स्वालिटी अफ लाइफ राम्रो रहेकोले स्वगौरव कार्य गर्नुपर्ने धारणा राख्नु भयो । साथै संघहरु बलिया भए मात्र संस्था बलिया हुने र संघले संस्थागत विकास र क्षमता वृद्धीका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने भएकाले संघहरुमा आवद्ध हुन र सहकार्य गर्न अपिल गर्नु भयो । नवल परासीका विभिन्न ३० वटा संस्थाका  ३५ जना कर्मचारी उपस्थित भएको तालिमको सहजिकरण संघका कार्यक्रम अधिकृत मनोज खड्का र छत्र प्रसाद धमालाले गर्नु भएको थियो । 

सदस्य सम्बन्ध व्यवस्थापनमा कर्मचारीको भुमिकाका सम्बन्धमा साकोस म्यानेजर्स क्लबका सदस्य बद्री पौडेलले मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चानल फिल्ड इन्चार्ज छत्र धमाला, स्वागत मन्तव्य रविन्द्र विक्रम हमाल र तालिमको व्यवस्थापन सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटा र कार्यालय सहायक प्रियन्का कलवारले गर्नु भएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप