अन्धकारमुक्ति साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्धकारमुक्ति साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न

पाल्पा । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २४औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 

साधारणसभाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै महासचिव अधिकारीले सहकारीका शेयर सदस्यहरुनै सहकारीको मालिक भएको हुँदा सदस्यले सहकारी जस्तो बनाउन खोज्यो त्यस्तै बनाउन सकिने बताउनुभयो । सहकारी अघि बढाउन शेयर सदस्यहरुको भुमिका नै महत्वपूर्ण हुनेहुँदा सहकारीको पूँजीलाई उद्यमशिलता तर्फ लगाउने समय आएकोप्रति उहाँले जोड दिनुभयो । वित्तीय कारोबारलाई चुस्त बनाउन डिजिटल प्रविधिको प्रयोगमा ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो । 

२०५५ सालमा स्थापना भई पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न  सफल साकोसले जिल्लाका विभिन्न ५ स्थानबाट सेवा प्रवाह गर्दै आइरहेको छ । सहकारीले २४ बार्षिक साधारणसभा सेवा केन्द्र स्तरीय साधारण सभा सकेर प्रतिनिधि मार्फत निर्णय प्रमाणित सहितको सभा गरेको हो ।
साधारण सभामा रामपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दोवराज तिवारीले १८ हजारबाट सहकारीमा आबद्व भएको स्मरण गर्दै अहिले लाखौको पूँजी आर्जन र व्यबसायिक सफलतामा सहकारीले ठूलो मद्दत गरेको बताउनुभयो । 

सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहाकार सुकदेव पोखरेल, नेत्र प्रसाद भट्टराई, दयाराम भट्टराई, जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्ण कुमार अर्याल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष विष्णुमायाँ ढकाल, रामपुर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष भोजराज भट्टराई, लेखा सुपरिवेक्षण समितिका सदस्य रामप्रसाद ढकाल, शेयर सदस्य चिरन्जीवि सिग्देल र गिता जिसीले सहकारीको सेवा र शेयर सदस्यको दैनिकीमा पुर्याएको सहयोगबारे आफ्ना विचारहरु राख्नुभएको थियो । 

साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको सुझाव र सल्लाह अनुसार सहकारीलाई अघि बढाउने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्दै सहकारी ऐन र कार्यविधिमा रही संस्थाले आफ्नो क्रियाकलापलाई चुस्त राखेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गर्नुभएको हो । सभामा सालैजो, कौरा, झाम्रे सहितका गीत नाच देखाइएको थियो ।

साकोसले ल्याएको ७० वर्ष पुगेका शेयर सदस्यहरुलाई मासिक भत्ता उपलब्ध कार्यक्रम अन्तर्गत भत्ता बितरण सहित वृद्धलाई सम्मान गरेको थियो । साथै सहकारी पूर्व सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ ।

साकोसमा हाल १० हजार ६१ शेयर सदस्य आबद्ध छन् । रामपुर ७ मा प्रधान कार्यालय संगै पाल्पाका जब्गादी, ताहु, गल्धा र रामटार गरि ४ वटा सेवा केन्द्रबाट सेवा प्रावह गर्दै आएको छ । जिल्लाको रामपुर नगरपालिका, निस्दी, पुर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका नागरिक आवद्ध भई यस सहकारीबाट वित्तीय सुबिधा पाएका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप