‘तालिममा गरिएको खर्च साकोसको भविष्यका लागि लगानी हो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘तालिममा गरिएको खर्च साकोसको भविष्यका लागि लगानी हो’

काठमाडौं । लुम्बिनी प्रदेशका चार जिल्लालाई लक्षित गरी रुपन्देहीको बुटवलमा ऋणको कानूनी प्रकृया तथा धितो मूल्यांकन सम्बन्धी तालिम प्रदान गरिएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा मंसिर २४ र २५ गते सञ्चालित दुई दिवसीय तालिममा गुल्मी, रुपन्देही, नवलपरासी र कपिलबस्तु जिल्लाका २७ वटा साकोसबाट ७ जना महिला र २२ जना पुरुष गरी जम्मा २९ जनाको सहभागिता रहेको थियो ।  

तालिम उद्घाटन सत्रमा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति संयोजक तथा नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटाको अध्यक्षता र जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक गंगा सापकोटा तथा रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुवकान्त न्यौपानेको आतिथ्यता रहेको थियो ।  

तालिममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुवकान्त न्यौपानेले अहिलेको अवस्थामा संस्थाले ऋण लगानी गर्दा धेरै कुरामा ध्यान दिई संस्था कानूनी रुपमा कसरी सुरक्षित हुने भन्नेमा बढी केन्द्रित हुनुपर्ने बताउनु भयो । 

फिल्ड व्यवस्थापन उपसमिति संयोजक तथा नेफ्स्कूनका सञ्चालक सदिन्प सापकोटाले ऋण असुली गर्दा विभिन्न किसिमका कानूनी प्रक्रिया पुरा गर्नु पर्ने भएकाले संस्थाले लगानी गर्दा, सहि धितो सुरक्षण, कानुनी प्रक्रिया तथा कागजात प्रक्रियामा प्रभावकारी ढंगले गर्नुपर्ने बताउनु भयो साथै संघले सदस्य संस्थाको ऋण लगानी सुरक्षित गर्न र सञ्चालक र कर्मचारीको क्षमता विकास गर्न संघले नियमित रुपमा तालिम शिक्षाका कार्यक्रमहरु सञ्चालन गरि रहेको धारणा राख्नु भयो ।

जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक गंगा सापकोटाले नेपालको सहकारी अभियानको संस्थागत विकास, राज्यसँग अर्थपूर्ण पैरवी र दिगोपनामा संघको प्रभावकारी भुमिका रहेको चच्चा गर्नु भयो । तालिमको सहजीकरण प्रशिक्षक कवी न्यौपानेले गर्नु भएको थियो भने कार्याक्रमको सञ्चालन रुपन्देहीका फिल्ड इन्चार्ज छञ प्रसाद जैसी(धमाल) ले गर्नु भएको थियो । 

तालिमको समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नु भएको थियो । समापन सत्रमा बोल्दै अधिकारीले तालिममा गरिएको खर्चलाई खर्चको रुपमा नभई लगानीको रुपमा लिनु पर्ने धारणा राख्नु भयो । उहाँले तालिमले व्यक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धिबाट व्यक्तिको व्यवहारगत परिवर्तन ल्याउन सम्भव हुने भएकोले तालिममा गरिएको खर्चलाई भविष्यको लागनीको रुपमा हेरिनुपर्ने बताउनुभयो । नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरु मार्फत सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक जीवन परिर्वतनका लागि अनवरत काम गरिरहेको उहाँले बताउनुभयो । संघमा आवद्ध भएका र संघको मार्गदर्शनमा सञ्चालनमा रहेका संस्थाहरु  प्रतिकुल समयमा पनि सदस्यको वित्तीय तथा गैर वित्तीय आवश्यकता पुरा गर्न सक्षम रहेको स्मरण गराउनु भयो । संघले संस्थाहरुको क्षमता विकासका लागि निशुल्क रुपमा तालिम शिक्षा, अभिमुखीकरण, गोष्ठीमा कार्यक्रम योजना गरिएको संघको साधारणसभा पश्चात व्यापकता पाउने धारणा राख्नु भयो । साथै संघका उत्पादन तथा सेवाहरुमा सदस्यको सहभागिता र सहकार्यको अपेक्षा गर्नु भयो । 

तालिमका सहभागीहरुले नेफ्स्कूनले उपयुक्त समयमा महत्वपूर्ण विषयमा तालिम आयोजना गरी ज्ञान सीप आर्जन गर्ने अवसर प्रदान गरेकोमा संघलाई धन्यवाद दिँदै तालिम निरन्तरताको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप