ललितपुरमा साकोसहरुका लागि ऋणको कानुनी प्रकृया तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा साकोसहरुका लागि ऋणको कानुनी प्रकृया तालिम सञ्चालन

काठमाडौं । ललितपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋणको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय ललितपुरको आयोजनामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सम्पन्न तालिममा जिल्लाका २६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १२ जना महिला र १६ जना पुरुष सहित २८ जनाको सहभागिता रहेको थियो । 

तालिममा ऋण लगानी गर्दा ध्यान दिनुपर्ने विषय, कागजात व्यवस्थापन साथै ऋण असुलीका सम्बन्धमा कानुनी प्रकृयाहरुका बारेमा छलफल भएको थियो । उक्त तालिम कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कानुनी परामर्शदाता शिव कुमार अधिकारीले गर्नुभएको थियो । 

तालिम कार्यक्रमको उद्घाटन सत्रमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले साकोस अभियानलाई मजबुद बनाउन नेफ्स्कून निरन्तर क्रियाशिल रहेको तर संस्थाहरुमा स्व–नियमन र सुशासनको पाटो कमजोर बन्दै जाँदा समस्याहरु देखापर्न थालेकोले सबै संस्थाहरु यो विषयमा संयमित बन्नुपर्ने बताउनुभयो । 

उहाँले संघले सबैं संस्थालाई स्तरीकरण कार्यक्रमका माध्ययमबाट मजबुद संस्था बनाउन  लागि परेको हुँदा कार्यक्रम नजोडिएका संस्थाहरु अनिवार्य रुपमा आवद्ध हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । 

तालिम को संयोजन तथा कार्यक्रम सञ्चालन ललितपुर फिल्ड ईन्चार्ज दिनेश गौतमले गर्नु भएको थियो । तालिम अत्यन्तै उत्कृष्ठ, समय सापेक्ष र उपयोगी रहेको सहभागीहरुको धारणा रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप