सिद्धार्थनगरमा टुगा आस्था विकासको नयाँ सदस्य सेवाकेन्द्र बिस्तार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धार्थनगरमा टुगा आस्था विकासको नयाँ सदस्य सेवाकेन्द्र बिस्तार

काठमाडौं ।  टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१ रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–८ देवपथमा आफ्नो चौथो सदस्य सेवाकेन्द्र मार्फत वित्तीय कारोबार शुरु गरेको छ ।

कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले टुगा आस्था विकास साकोसले सदस्यहरुमा प्रवाह गरेको सेवा सुविधा प्रशंसनीय रहको बताउनुभयो । उहाँले टुगा आस्था विकास साकोस भोलिका दिनमा अझ धेरै सदस्य सेवामा केन्द्रीत हुँदै अगाडि बढ्न, नयाँ सेवाकेन्द्र मार्फत नगरबासिहरुलाई सेवा दिई व्यक्ति, नगर र राष्ट्रको विकासमा सहयोग गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । साथै सहकारी क्षेत्रमा कोही कसैले नियम मापदण्ड पिवरित कुनै काम गर्छ भने त्यसलाई आवश्यक कारवाही गर्ने विषयमा नगरपालिका पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले रुपन्देहीको सहकारी अभियानले तिनै तहका सरोकारवाला नियमन निकायलाई सुझाव तथा टिप्पणी र आमसदस्यलाई सचेत भएर कारोबार गर्न बिभिन्न माध्यमबाट झक्झकाउने कार्य गरिरहेको बताउनु भयो ।

जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराइले टुगा आस्था विकास साकोसले सुरुवाती अवस्थादेखि सहकारीका नीति विधि र सिद्धान्त अवलम्बन गरि अगाडि बढेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, पुर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराई, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी. लगायत सेयर सदस्यको तर्फबाट मनोरंजन शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यालय उद्घाटन लगतै साकोसका अध्यक्ष डी.बी. थापाद्वारा स्थानीय मदन थापाले सेवाकेन्द्रको पहिलो शेयर सदस्यता लिई सदस्यता वितरण सुरुवात गर्नुभएको थियो ।
  
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोला र कार्यक्रम सञ्चालन सञ्चालक गोकुल पोख्रेलले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप