आफ्नै भवनबाट सेवा प्रवाह गर्दै महिला प्रयास साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आफ्नै भवनबाट सेवा प्रवाह गर्दै महिला प्रयास साकोस

काठमाडौं । धुम्बाराही –४, काठमाडौंमा रहेको महिला प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । विश्वसनीय र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको महिला प्रयासले रजत महोत्सब बर्ष २०७९ का अवसरमा नवनिर्मित भवन उद्घाटन साथै साकोसको रजत स्मारिका प्रकाशन गरेको हो । 

साकोसले मंसिर २६ गते सोमबारदेखि नै नवनिर्मित भवनबाट कारोबार सुरु गरेको हो । भवनको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतिले गर्नुभएको थियो । 

वित्तीय कारोबार र गैरवित्तीय सेवा दुबै हिसावले सदस्यको विश्वास आर्जन गर्दै अघि बढेको साकोसले आफ्नै धुम्बाराही–४ स्थित ५ आना जग्गामा ९ कोठा सहितको तीन तले भवन निर्माण गरेको हो । करिब २ करोड १५ लाख लागत परेको सो भवन निर्माणका लागि साकोसको जगेडा कोष र अन्य कोषमा रहेको रकमको ५० प्रतिशत र भवन निर्माण कोषमा रहेको रकम परिचालन गरिएको साकोसकी अध्यक्ष विनिता अधिकारीले जानकारी गराउनुभयो । 

२०५५ जेठ १५ गते दर्ता भई हाल काठमाडौं जिल्ला भर कार्यक्षेत्र राखी ३ हजार भन्दा बढी सदस्यहरुमाझ वित्तीय सेवा उपलब्ध गराउँदै आएको साकोसले महिलाहरुको आर्थिक, सामाजिक स्तरोन्नतीका लागि विभिन्न सीपमूलक र आयमूलक कामहरु गर्दै आइरहेको छ भने आत्मनिर्भर र गुणस्तरीय सदस्य निर्माणमा साकोसको निरन्तर जोड रहेको छ ।  

स्थानीय स्तरमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गर्ने उद्देश्यसहित स्थापना भएको महिला प्रयास साकोसले २७ जना शेयर सदस्यहरुमार्फत रु. २५०० पुँजीबाट सहकारी यात्रा सुरु गरेको थियो । 

महिलाद्वारा सञ्चालित महिलाहरुको प्रयासबाटै सफलता तर्फ लम्केको महिला प्रयास साकोसमा हाल ३ हजार २ सय ९८ महिला सदस्यहरु र ९ सय ३४ बालबालिका सदस्य छन् । रु.४ करोड २४ लाख ५० हजार ६०० शेयर पुँजी, जगेडा कोषमा रु.२ करोड ८९ लाख ४९ हजार ६१४, बचत निक्षेप रु. ३३ करोड १ लाख ५२ हजार ३७१, अन्य कोषमा रु.३ करोड २५ लाख ५६ हजार ३९० र कुल पुँजी रु.४५ करोड १६ लाख ७७ हजार ६५९ रहेको साकोसले जनाएको छ ।    

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप