बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको क्षेत्रीय कार्यशाला तथा अन्तरक्रिया गोष्ठी नेपालगञ्जमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको क्षेत्रीय कार्यशाला तथा अन्तरक्रिया गोष्ठी नेपालगञ्जमा सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजनामा बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको क्षेत्रीय कार्यशाला तथा अन्तरक्रिया गोष्ठी बाँकेको नेपालगञ्जमा आज सम्पन्न भएको छ ।

गोष्ठीमा सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बचत तथा ऋण सहकारी अभियानका नेतृत्व र व्यवस्थापन समूहबाट गरी ४५ जनाको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता, स्थिरीकरण कोष सञ्चालन समितिका सदस्य  एवं नेपाल राष्ट्र बैंकका प्रतिनिधि रामकाजी खाइजु र संघका महासचिव दामोदर अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।

संघका अध्यक्ष पौड्यालले स्थिरीकरण कोषको स्थायित्वका लागि भएका विषयहरुमा थप संशोधनको अभ्यास जारी राखेको साथै राष्ट्रिय कोषको परिचालनका लागि पनि प्राविधिक समूहहरु बीच छलफल भएको जानकारी गराउनुभयो । कोभिड प्रभाव र आर्थिक मन्दीका कारण देशकै अर्थतन्त्र समस्याग्रस्त बनिरहेको सन्दर्भमा सहकारी क्षेत्र अत्यन्त प्रवाभित भएको र यसबाट उन्मुक्तिका लागि संघले कानुन संशोधन साथै ऐन कार्यान्वयका विषयमा निरन्तर पहलकदमी जारी राखेको बताउनुभयो । उहाँले सन्दर्भ व्याजदरको विषयमा पनि संघको निरन्तरको पहलकदमी बारे स्पष्ट पार्नुभयो ।

संघले मुख्य गरी सदस्यहरुको जीवनलाई सहज वनाउन गतिदिने विषयमा, प्रविधि विकास र उपयोग साथै उद्यमशिलता तथा उद्यम मनोपरामर्शका विषयमा काम गरिरहेको जानकारी गराउनुभयो । 

संघका महासचिव दामोदर अधिकारीले पछिल्लो समय सहकारी अभियानभित्र विविध समस्याहरु सृजना हुनुको साथै धमिला बाछिटा पर्न गइरहेको प्रति सजग गराउँदै खुला भावनाबाट सहकारी अभियानमा लाग्न सबैलाई अनुरोध गर्नुभएको थियो । उहाँले भन्नुभयो, “सहकारी अभियान धमिलो हुन थाल्यो, यसमा सदस्य केन्द्रित रहेर काम गर्न र सदस्यलाई अपनत्व भावना अनुभुती गराउनु जरुरी छ ।” स्थिरीकरण कोष अभियानको सुरक्षा कवच  हो, यसले साकोसको पूर्ण सुरक्षण दिनुपर्छ, नीतिगत सुझावका लागि पहलकदमी जारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी, मिना सिग्देल, बाँके जिल्ला बचत संघका सचिव प्रेम बहादुर शाह, राष्ट्रिय सहकारी बैंक नेपालगञ्जका शाखा प्रमुख सागर नाथ योगीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश बचत संघकी उपाध्यक्ष सिग्देल, बाँके जिल्ला बचत संघका सचिव शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


 
त्यसैगरी कोषमा योगदान गर्ने साकोसका प्रतिनिधिहरु, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र प्यूठान लगायतका जिल्लाका आबद्ध सदस्य संघ संस्थाका प्रतिनिधिहरु र स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागी सदस्यहरुले स्थिरीकरण कोष सञ्चालन प्रभावकारीताका सम्बन्धमा केही जिज्ञासाहरु राख्नुभएको थियो भने संघका अध्यक्ष र महासचिवले उक्त जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा कोष सञ्चालन समितिका सदस्य रामकाजी खाइजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहजीकरण साथै स्थिरीकरण कोष सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश रेग्मी र व्यवस्थापन नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज गौतम शाहले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप