जनमुखी साकोस पोखराको १४औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनमुखी साकोस पोखराको १४औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.कास्की पोखराको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कुमार विकको अध्यक्षता, नेफ्स्कूनका सञ्चालक सदस्य कमलादेवी गिरीको प्रमुख आतिथ्यता र गण्डकी प्रदेश अर्थमन्त्रालयका स्वकिय सचिव भिम बहादुर विश्वकर्माको विशेष आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक गिरीले बचत तथा ऋण सहकारी संस्थााई दिगो रुपमा सञ्चालन गर्न र साकोसमा सुशासन कामम राख्न सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले साकोसका सदस्यहरुले आफू आवद्ध संस्थाको गतिविधि, बचत परिचालन, ऋण लगानीको अवस्था के भइरहेको छ, समय समयमा बुझ्ने र सहकारीका नियमिति गतिविधिमा क्रियाशिल सहभागिता जनाउनु सदस्यको कर्तव्य रहेको स्पष्ट पार्नुभयो ।  सदस्य साकोसका मालिक हुन्, सदस्य केन्द्रीत सेवा प्रवाह गर्नु र सम्पूर्ण वित्तीय तथा गैरवित्तीय कारोबार नीति, विधि र प्रविधिमैत्री बनाउनु साकोसको दायित्व हो, यसले साकोसमा सुशासन कायम गर्न सहायोग पुग्छ, उहाँले भन्नुभयो । 

सभामा विशिष्ट अतिथि गण्डकी प्रदेश अर्थमन्त्रालयका स्वकिय सचिव भिम बहादुर विश्वकर्मा, साकोसका संस्थापक अध्यक्ष रामबहादुर, नेपाल चेम्बर अफ कमर्शका उद्योग विभागका उपाध्यक्ष ज्ञानबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

२०६५ साल माघ १० गते दर्ता भएको जनमुखी साकोसमा हाल ४ सय ६९ शेयर सदस्य र ७२ जना बालबचतकर्ता छन् । रु.२ करोड ७० लाख शेयर पुँजी, रु.६ करोड २४ लाख ४५ हजार ५३१ बचत, रु. ६ करोड ६२ लाख ९० हजार ऋण लगानी सहित कुल १० करोड ८३ लाख २९ हजार २९२ कुल वासलात रहेको साकोसले जनाएको छ । करिब रु. ४८ लाख ८८ हजार जगेडा कोष र करिब रु. १६ लाख शेयर लाभांश कोष रहेको साकोसले सदस्यहरुलाई ८ प्रतिशत लाभांश वितरण गरिने जनाएको छ । 

सदस्य केन्द्रीत सेवा प्रवाह, नियमित सदस्य शिक्षा, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु र सदस्यको दुःखद् निधनमा रु. १० हजार नगद सहयोग लगायतका कार्यक्रमहरु साकोसले अगाडि सारेको साकोसका व्यवस्थापक गोपाल बहादुर बासेलले कुराकानीका क्रममा जानकारी गराउनुभयो । 

सभामा साकोसका उत्कृष्ट कारोबारी सदस्य, उत्कृष्ट कर्मचारी र एसईई देखि स्नातकोत्तरसम्म उत्कृष्टता हासिल गर्न सफल शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।  

१३ जना उत्कृष्ठ विद्यार्थीहरुलाई एक एक हजार नगद सहयोग मंगल सञ्चारी प्रतिष्ठान गोर्खाका संस्थापक अध्यक्ष उमेश अछामीको सौजन्यमा भएको थियो भने साकोसका उत्कृष्ट कर्मचारी एक जनालाई २५०० नगद सहयोग साकोसले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दशरथ सुनार र कार्यक्रम सञ्चालन सचिव रुपलाल सुनारले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप