जिल्ला बचत संघ मोरङमा प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मोरङमा प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको २९औं वार्षिक साधारणसभा साथै चुनावी सभाले प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति र बिना राइको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

अध्यक्षमा प्रेमप्रकाश कोईराला, बरिष्ठ उपाध्यक्षमा एकराज निरौला, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी लामिछाने, सचिवमा जीवन बस्नेत र सहसचिवमा युवराज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ भने पौष २ गते सम्पन्न चुनावी सभाबाट कोषाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका लागि मात्र निर्वाचन भएको थियो । कोषाध्यक्षमा ढकबहादुर थापा, खुल्ला सदस्यमा क्रमशः उमेश वस्ति, गणेश प्रसाद निरौला, गोपाल बारकोटी, सागर सुवेदी, गोपाल कुमार घिमिरे र हरिप्रसाद कोईराला निर्वाचित हुनुभएको छ भने महिला सदस्यमा कृष्णमाया विष्ट, इन्दिरा भट्टराई, सावित्रा चापागाई, मीना कार्की र बालकुमारी लिम्बु निर्वाचित हुनुभएको छ ।

त्यसैगरि निर्विरोध निर्वाचित लेखा सुपरिवेक्षण समितिकी संयोजकमा बिना राई र सदस्यहरुमा खेमराज गौतम र हेमबहादुर श्रेष्ठ चयन हुनुभएको छ । संघमा २ सय ६९ सहकारी सदस्य छन् । संघको नयाँ नेतृत्वको कार्यकाल चार बर्षको रहनेछ ।

जिल्ला बचत संघ मोरङको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवम् शुभकामना ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप