स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श वैठक पौष २२ गते 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श वैठक पौष २२ गते 

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श बैठक यहि पौष २२ गते शुक्रबार हुनेभएको छ ।

कोष सञ्चालन समितिको मंसिर ८ गते बसेको १५औं बैठकले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि,२०७६ को दफा ४४ बमोजिम कोषको वार्षिक परामर्श बैठक गत पौष २२ गते गर्ने निर्णय गरेको हो । सचिवालयले कोषमा योगदान गर्ने संघ संस्थाहरुलाई मंसिर २७ गते नै परामर्श वैठकमा उपस्थितिका लागि पत्राचार गरिसकेको जनाएको छ । कोष सञ्चालनको औपचारिक शुभारम्भ पछिको पहिलो परामर्श बैठक गर्न लागिएको सचिवालयले जनाएको छ । 

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा (६) उपदफा (२) को देहाय (१) बमोजिम अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएसँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गत जेष्ठ २७ गते बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । 

कोषको सचिवालय नेफ्स्कूनमा रहेको छ । स्थिरीकरण कोष बचत तथा ऋण सहकारी विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ । गत जेठ २७ बाट कोष औपचारिक रुपमा सञ्चालनमा आएसँगै पहिलो वार्षिक परामर्श वैठकको तयारी भइरहेको कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताउनुभयो ।  

बैठकमा कोषमा योगदान गर्ने सहकारी संघ संस्था वा निकाय र अन्य सरोकारवालाहरु सहभागी हुने व्यवस्था कार्यविधिले गरेको समेत उहाँले जानकारी गराउनुभयो । 

कोषमा गत असार मसान्तसम्म जम्मा २ सय ६२ संघ संस्थाबाट रु. ११ करोड ३६ लाख योगदान भएको छ । कोषमा योगदान गर्ने सदस्य संघ संस्थाहरु क्रमिक रुपमा बढिरहेको संघले जनाएको छ ।

कोष सञ्चालन समितिमा नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ नेपाल, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि साथै कोषमा योगदान गर्ने दुई सदस्य संघ संस्थाका एक एक जना प्रतिनिधि रहनुभएको छ । 

कोषको अध्यक्ष नेफ्स्कूनका अध्यक्ष र सदस्य सचिवमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप