सहकारी अभियानकर्मीहरूको टोलीद्वारा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानकर्मीहरूको टोलीद्वारा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना 

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

मन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहितको प्रतिनिधि टोली, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेती र नेफ्स्कूनका अध्यक्ष पौड्याल सहित सञ्चालक सदस्य मन्दरा मिश्र, नेफ्स्कूनका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।  

उपप्रधान तथा मन्त्री नियुक्त भएसँगै मन्त्रालयमा पौडेललाई बधाई तथा शुभकामना दिने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । समय व्यस्तताका कारण कुनै सम्बोधन नगर्नु भएका मन्त्री पौड्यालले सहकारी अभियानसँग समय मिलाएर बसेरै कुराकानी गर्ने विचार व्यक्त गर्नुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा सोमबार नियुक्त हुनुभएको हो । 

पौडेलले अर्थमन्त्रालयको .जिम्मेवारी तेस्रो पटक सम्हाल्दै हुनुहुन्छ । 

उपप्रधान तथा अर्थमन्त्रीको सपथ ग्रहण पछि मन्त्री पौडेलले मुलुकको अर्थव्यवस्था सुधार गर्न सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप