चितवनमा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण सञ्चालन

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को चितवन टाँडी सेवा केन्द्रको आयोजनामा स्तरीकरण अभिमुखीकरण कार्यक्रम सौराहामा बुधबार सम्पन्न भएको छ । अभिमुखीकरणमा रत्ननगर नगरपालिका, खैरहनी न.पा, राप्ती न.पा र कालिका न.पा. मा सञ्चालित १४ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति/प्रतिनिधि र व्यवस्थापकहरु गरी २५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेफ्स्कून सञ्चालक समिति सदस्य तथा नेफ्स्कून चितवन फिल्ड कार्यलय व्यवस्थापन उप समिति संयोजक विद्या काईरालाको अध्यक्षता, उपाध्यक्ष शान्ति अधिकारी र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको विशेष उपस्थितिमा भएको थियो । 

उपाध्यक्ष शान्ति अधिकारीले साकोस विकास र सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा योगदान अपरिहार्य रहेको बताउँदै विद्यमान तरलता समस्या समाधानका लागि सहकारीहरुले ऋण लगानी भन्दा भाखा नाघेको ऋण असुली र तरलता व्यवस्थापनमा विषेश जोड दिन आग्रह गर्नुभएको थियो ।  उहाँले भन्नुभयो, “ऋण लगानी गर्दा विना धितोको ऋणमा भन्दा धितो सहितको ऋण र सो ऋण तिर्न सक्ने क्षमताको आधारमा लगानीमा जोड दिनुहोस् ।”

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक सापकोटाले सहकारी संस्थाहरुमा आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासनको कमी र नीति नियम निर्माण तथा परिपालनामा भएको कमी कमजोरीका कारण चितवनका केही सहकारीहरुमा पनि समस्या देखिएको बताउनुभयो । सहकारी क्षेत्र सुदृढीकरणका लागि आजको आवश्यकता भनेको नीति नियमको पालना साथै सुशासन र पारदर्शिता कायम गर्नु रहेकोप्रति उहाँले जोड दिनुभएको थियो ।  

कार्यक्रमको समापनमा बोल्दै संघकी सञ्चालक विद्या कोइरालाले सुशासित सहकारी सञ्चालनलाई जोड दिन र संघले सञ्चालन गरेका स्तरीकरणका कार्यक्रमहरुमा जोडिएर सुरक्षित र दिगो यात्रा तय गर्न सुझाव दिनुभएको थियो । 

कार्यक्रममा संघका कार्यक्रम अधिकृत सुरज चालिसेले संघका कार्यहरु, बहस पैरवी, भावी रणनीति, स्तरीकरण कार्यक्रम र समसामयीक विषयहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन टाँडी फिल्ड कार्यलयका प्रमुख केदारनाथ अधिकारीले गर्नुभएको थियोे ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप