नेपालगञ्जमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालगञ्जमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन सम्बन्धी तालिम सञ्चालन

काठमाडौं । नेपालगञ्जमा साकोसहरुका लागि ऋणको कानूनी प्रकृया तथा धितो मूल्यांकन सम्बन्धी तालिम प्रदान गरिएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय नेपालगञ्जको आयोजनामा विहिबार सञ्चालित तालिममा जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षता, नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धितालको विशेष आतिथ्यता रहेको थियो । तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६५ जनाको सहभागिता रहको थियो ।

संघका महासचिव दामोदर अधिकारीले तालिमले व्यक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धिबाट व्यक्तिको व्यवहारगत परिवर्तन ल्याउन सम्भव हुने भएकोले तालिममा गरिएको खर्चलाई भविष्यको लागनीको रुपमा लिनुपर्ने बताउनुभयो । 

उहाँले सहकारीले ऋण लगानी गर्दा विभिन्न किसिमका कानूनी प्रक्रियाहरु पुरा गर्नुपर्ने त्यसका लागि सहि धितो सुरक्षण, त्यसको मूल्यांकन तथा कागजात प्रक्रिया प्रभावकारी ढंगले पुरा गर्नुपर्ने बताउनु भयो । संघमा आवद्ध भएका र संघको मार्गदर्शनमा सञ्चालनमा रहेका संस्थाहरु प्रतिकुल समयमा पनि सदस्यको वित्तीय तथा गैर वित्तीय आवश्यकता पुरा गर्न सक्षम रहेको स्मरण गराउँदै संघद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागी हुन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य मिना सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवल जंग मल्ल र इन्जिनियर सुभाष गिरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एवं व्यवस्थापन फिल्ड कार्यालय प्रमुख गौतम कुमार शाहले गर्नुभएको थियो । 
तालिम पश्चात आफ्नो प्रतिक्रिया दिँदै सहभागीहरुले तालिम अत्यन्त महत्वपूर्ण र प्रभावकारी रहेको बताएका थिए । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप