साधारणसभाका अवसरमा लोकदीप साकोसले गर्यो विपद् प्रभावित शेयर सदस्यको ऋण मिनाहाको निर्णय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साधारणसभाका अवसरमा लोकदीप साकोसले गर्यो विपद् प्रभावित शेयर सदस्यको ऋण मिनाहाको निर्णय

बेनी । म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्था लि.को नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाका अवसरमा लोकदिप साकोसले विपद्मा परेका आफ्ना ऋणि सदस्यहरुको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । 

साकोसले २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर सञ्चालनका लागि सहकारीले ३ वर्ष अगाडी शर्मालाई युवा स्वरोजगार कोष मार्फत को कर्जा लगानी गरेको थियो ।

पसल जलेर नस्ट भएपछी सोही मिति सम्म संस्थामा किस्ता बापत बाँकी रहेको  ६७ हजार ५०० रुपैयाँ बराबर को रकम युवा स्वरोजगार कोष र राष्ट्रिय बिमा कम्पनीको सहकार्यमा मिनाहा गरेको प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो । कर्जा लगानी गरेकै समयमा पसल को बिमा गरिदिएको लोकदीप साकोसले पसल जलेर तिर्न सक्ने अवस्था नभएपछि बाँकी रहेको किस्ता मिलाउन को लागि बिमा कम्पनीमा पहल गरेको थियो । ढिलै भएपनी आफुले तिर्नुपर्ने किस्ता बापत रकम तिर्नु नपर्दा राहत मिलेको सञ्चालक शर्माले बताउनुभयो ।

साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले सहकारी संस्थाप्रतिको विश्वास र सहकार्य तथा सामुहिक भावनाको विकासमा जोड दिनुभयो । उहाँले उत्पादनशिल क्षेत्रमा लगानीका साथै सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीले भूमिका निभाउनुपर्ने अपेक्षा गर्नुभयो ।

वि।स। २०६९ मा २५ जनाबाट स्थापना भएको सहकारीमा हाल ८८९ जनाको रु. एक करोड ६३ लाख ५६ हजार ९०० शेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा रु. १३ करोड ६२ लाख ८१ ह्जार १०२ निक्षेप संकलन र रु. १४ करोड ६५ लाख ९१ हजार ५६२ कर्जा लगानी गरेको कोषाध्यक्ष देवेन्द्र पौडेलले बताउनुभयो । संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा (गौतम)को अध्यक्षता, सचिव ओमप्रकाश शर्माको सञ्चालन र उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा सेयर सदस्य सन्तोष रावल, लेखा संयोजक खोमराज उपाध्याय र जेष्ठ सेयर सदस्य नैनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

२०७८ को कक्षा १२ को परिक्षामा जिल्ला प्रथम हुने सेयर सदस्य कल्पना सापकोटाकी छोरी करुणा सापकोटा, उत्कृष्ट कर्मचारी कुशम खड्का थापा लगायत उत्कृष्ट सुझावकर्ता, बचत कर्ता, ऋणी लगायत आठ वटा बिधामा सम्मान गरिएको थियो । सहकारीको कार्यसञ्चालनको बारेमा प्रश्नावली तयार पारेर सेयर सदस्यहरुबाट सुझाव संकलन गरिएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप