दीपावती साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न, रजत बर्षका औपचारिक कार्यक्रम घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दीपावती साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न, रजत बर्षका औपचारिक कार्यक्रम घोषणा

काठमाडौं । दीपावती बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरले बुधबार २४आंै वार्षिक साधारणसभा साथै रजत बर्षको औपचारिक शुभारम्भको घोषणा गरेको छ । सभाको उद्घाटन प्रमुख अतिथि ललितपुर क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य प्रेम बहादुर महर्जनले गर्नुभएको थियो ।

प्रमुख अतिथिबाट रजत वर्ष को लोगो अनावरण गरिएको थियो । समारोहमा साकोसले झण्डोतोलन गरि बाजागाजाका साथ प्रभातफेरि कार्यक्रम समेत गरेको थियो ।

दीपावती साकोसका अध्यक्ष सानुकाजी महर्जनको अध्यक्षतामा आयोजित सभामा सहकारी विभाग, सहकारी बैक, वडा नं. ८ वडाध्यक्ष, जिल्ला सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, अन्तर सहकारी सुरक्षण कोष लगायत विभिन्न स्थानीय सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

स्वागत तथा वार्षिक प्रतिवेदन अध्यक्ष सानुकाजी महर्जनले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुरज शाक्यले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक राजेश शाक्यले  प्रस्तुत गर्नुभएको थियो ।

साकोसको आ.ब. २०७८ ०७९ मा कुल सदस्य संख्या ६ सय ९९, शेयर पुँजी रु. १ करोड १५ लाख ५५ हजार ४ सय, बचत रु. १३ करोड ८१ लाख ८४ हजार २०४, ऋण लगानी रु. ११ करोड २५ लाख ३२  हजार ७५१, जगेडा तथ अन्य कोषमा रु. ७२ लाख ८० हजार ७३६ र कुल सम्पत्ती रु. १६ करोड १९ लाख २ हजार ९२९ रहेको बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

साधारणसभामा दीपावती साकोसका सल्लाहकार एवं जिल्ला सहकारी संघका सचिव अनिल वीर बज्राचार्य, सहकारी विभागका अधिकृत चन्द्र लाल डंगोल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

साधारणसभाका अवसरमा साकोसका जेष्ठ (भिमरथारोहण सिध्येका) सदस्यहरु, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने बाल सदस्यहरु र एसईई उत्तिर्ण बाल सदस्यहरुलाई उपहार तथा नगद पुरस्कारका साथ सम्मान पत्र प्रदान गरिएको थियो । 

साकोसले रजत वर्षका अवसरमा रक्तदान कार्यक्रम, उद्यम प्रवद्र्धन मेलाको आयोजना, सदस्यहरुलाई हाइकिङ्ग कार्यक्रम, सहकारी हाजिरी जवाफ प्रतियोगिता, खेलकुद कार्यक्रम, सहकारी अवलोकन भ्रमण, स्मारिका प्रकाशन लगायतका विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । 

कार्यक्रम सञ्चालन साकोसका सचिव लक्ष्मण शाक्यले गर्नुभएको थियो भने सम्मान तथा पुरस्कार घोषणा ब्यवस्थापक मन शोभा शाक्यले गर्नुभएको थियो । उद्घाटन सत्र समापनका अवसरमा साकोसका उपाध्यक्ष राजमान महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप