राष्ट्रिय सहकारी महासंघको ३०औं बार्षिक साधारणसभा सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी महासंघको ३०औं बार्षिक साधारणसभा सम्पन्न  

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३०औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा आयोजित सभाको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा निवर्तमान अध्यक्ष केशव बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सम्बोधन गर्नुभएको थियो । महासंघका उपाध्यक्ष रमेश पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सहकारीलाई अप्ठेरो परेको कानुन संसोधनमा सहजिकरण गर्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो  । सहकारी अभियानले कानुन संशोधन गर्न विद्ययेक ल्याएमा त्यसलाई दर्ता गरी अगाडी बढाउन आफुले सहजिकरण गर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उहाँले सहकारी क्षेत्रमा ५६ प्रतिशत महिला सहभागिता भएपनि नेतृत्व तहमा महिलाको उपस्थिति कम रहेकोतर्फ संकेत गर्दै अभियानको नेतृत्व तहमा महिला सहभागिता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीको वित्तीय कारोबारमा जोखिम रहेको उल्लेख गर्दै यसलाई सुरक्षित, पारदर्शी र जोखिमरहित बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सहकारी अभियान र सहकारी मन्त्रालय एउटै डुङ्गामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताउँदै अभियानलाई भरोसायोग्य क्षेत्रका रुपमा रुपान्तरण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएको बताउँदै राज्यसँग हालेमालो गरेर अभियान अगाडि बढ्ने बताउनुभयो । पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजी सरह सहकारीलाई समान अवसर दिएको, जुन कुरा विश्वका विभिन्न देशले अनुसरण गर्न थालेको बताउनुभयो । 

महासंघका अध्यक्ष कडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान गर्ने उल्लेख गर्नुभयो । उहाँले सहकारी क्षेत्रलाई विद्यमान संकटबाट बचाउन राज्यले तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने भनाइ राख्नुभएको थियो । 

सभामा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । साधारण सभामा महासंघका अध्यक्ष मिनराज कडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आ.व. २०७९/०८० को बार्षिक कार्यक्रम तथा बजेट महासंघका महाप्रबन्धक सुब्बाले प्रस्तुत गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप