स्याङजा बचत संघको दशौं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबार गर्नेमा निवृत्त र समता साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङजा बचत संघको दशौं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबार गर्नेमा निवृत्त र समता साकोस

स्याङजा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.स्याङजाको १० औं वार्षिक साधारणसभा जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सम्पन्न भएको छ । सभामा संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका पूर्व सञ्चालक भिम गुरुङ र बचत संघका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष पौडेलले सरकारीहरु निती, विधी र प्रविधिमा चल्नुपर्ने बताउनुभयो । उहाँले बर्तमान समयमा सहकारीमा समस्याहरु निरन्तर बढ्दै गइरहेको बताउँदै सरोकारवालाहरुले यस विषयमा विशेष निगरानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

सभामा नेफ्स्कूनका पूर्व अध्यक्ष भिम गुरुङ, बचत संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार अनन्तकुमार श्रेष्ठ, सहकारी बैंक पुलतीबजार शाखाकी प्रमुख पुष्पा श्रेष्ठ र जिल्ला सहकारी संघका कोषाध्यक्ष शिवराज वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष किरण केसीले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक मुक्तिप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन सचिव अच्युत पोख्रलले र स्वागत मन्तव्य संघका उपाध्यक्ष यज्ञप्रसाद पाठकले गर्नुभएको थियो ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्ने संस्था निवृत्त बचत तथा ऋण सहकारी संस्था र समता बचत तथा ऋण सहकारी संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप