कानुनी अल्झन फुकाएर सहकारीलाई व्यवस्थित गर्नेछु : मन्त्री राई 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कानुनी अल्झन फुकाएर सहकारीलाई व्यवस्थित गर्नेछु : मन्त्री राई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त मन्त्री राजेन्द्र कुमार राईले सहकारीका विद्यमान कानुनी अल्झन फुकाएर सहकारीलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मन्त्रालयमा आज आयोजित नेफ्स्कूनको बधाई तथा शुभकामना कार्यक्रम पश्चात साकोस आवाजसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा मन्त्री राईले सहकारी देशको अर्थतन्त्रको महत्वपूर्ण पाटो रहेको र यसलाई व्यवस्थित र सुदृढ गर्ने दिशामा आफ्नो पहलकदमी रहने बचतबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारीका विद्यमान यावत् समस्याहरु हल गर्ने सबालमा मेरो प्रयास र प्रयत्न रहने छ, सहकारीमा के कति कानुनी अल्झनहरु छन्, त्यसको गाँठो पहिले फुकाउने र दोस्रो सहकारीमा लाग्ने साथीहरुको मनोवल उच्च बनाउने प्रयासमा लाग्नेछु ।”

सहकारी जनताको बीचमा जाने क्षेत्र हो, यसले जनताबीचमा सामुहिकताको भावनालाई अगाडि बढाएको छ, यसलाई हिजोका दिनमा भन्दा अझै व्यवस्थित बनाएर लान पहल गर्ने मन्त्री राईले बताउनुभयो ।

नवनियुक्त मन्त्री राईलाई संघका अध्यक्ष परितोष पौड्याल, कोषाध्यक्ष दिपक पनेरु सहित सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ, संघका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र प्रशासन तथा वित्त व्यवस्थापन प्रमुख राधेश्याम श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 
नवनियुक्त मन्त्री राईले मंगलबार पदभार ग्रहण गरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी लिनुभएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप