प्रोबेसन प्रारम्भिक समिक्षा,  सुरक्षित र गुणस्तरयुक्त साकोस निर्माणको अभियानमा जोडिन आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन प्रारम्भिक समिक्षा,  सुरक्षित र गुणस्तरयुक्त साकोस निर्माणको अभियानमा जोडिन आग्रह

काठमाडौं । । राष्ट्रिय स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध र आबद्धताको प्रक्रियामा रहेका विभिन्न जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका लागि प्रारम्भिक समिक्षा तथा अभिमुखीकरण सम्पन्न भएको छ । आज संघको केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरणमा काठमाडौं र नुवाकोटका विभिन्न ९ बचत तथा ऋण सहकारी संस्थाबाट १८ जनाको सहभागिता रहेको थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको सुनिश्चित, सुदृढ र गुणस्तरयुक्त भविष्य निर्माणका लागि स्तरीकरण कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो । नेफ्स्कूनले स्तरीकरण कार्यक्रमलाई सरकारसँगको साझेदारीमा टाइअप गरेर अगाडि बढ्ने विषयमा पहल गरिरहेको र सो विषय अन्तिमा टुङ्गोमा प्रवेश गरिसकेको उहाँले स्पष्ट पार्नुभयो । साकोसको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोष कार्यान्वनमा आएसँगै अब अभियान र सरकार दुवै पक्षले सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थालाई स्तरीकरण अभियानमार्फत एकसुत्रमा उन्ने संकल्प गरिरहेको चर्चा गर्नुभयो । 

संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले दिगो र सुशासित संस्था निर्माणका लागि स्तरीकरण र स्थिरीकरण एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । सुरक्षित र गुणस्तरयुक्त साकोस मात्र स्थिरीकरण कोषमा आबद्ध हुन सक्ने हुँदा साकोसको गुणस्तर सुधार नै प्रमुख रहने उहाँले बताउनुभयो । 

संघका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले प्रोबेसन कार्यक्रम नै सहकारी संस्थालाई सुशासनको मार्गमा डोहोर्याउने कार्यक्रम रहेको र यसमा आबद्ध धेरै सहकारी संस्था गुणस्तर प्रमाणिकृत भएको स्पष्ट पार्नुभयो । 

कार्यक्रम सहजीकरण संघका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । उहाँले कार्यक्रमको महत्व, आबद्धताको प्रक्रिया, साकोसले पालना गर्नुपर्ने सूचक तथा मापदण्ड र गुणस्तर प्रमाणीकरणका लागि कार्यक्रमका सूचकहरुमा गरिने स्कोरिङ प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम आवद्धताले तत्कालिन नभएर भविष्यमा संस्थालाई कसरी सुरक्षित र दिगो बनाउन सकिन्छ भन्ने उद्देश्य बोकेको स्पष्ट पार्नुभएको थियो । 

नेफ्स्कूनले सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चत गरी स्तरीकरण मार्फत सुरक्षित संस्था विकास तथा दीगो अभियान निर्माणका लागि सञ्चालनमा ल्याएको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा सदस्यहरुको आबद्धता बढ्दै गएको छ । २०६९ सालदेखि कार्यान्वयनमा रहेको प्रोवेसन कार्यक्रममा हालसम्म २ सय ४६ साकोस आबद्ध छन् भने विभिन्न समयमा गरि ४० भन्दा बढी साकोस स्तरीकरण प्रमाणीकृत हुन समेत सफल भएका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप