चन्द्रागिरि साकोसको नायव प्रमुख कार्यकारी अधिकृतमा कविन्द्र धौबन्जार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको नायव प्रमुख कार्यकारी अधिकृतमा कविन्द्र धौबन्जार

काठमाडौं । चन्द्रागिरि नगरपालिका ७, थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को नायव प्रमुख कार्यकारी अधिकृतमा कबिन्द्र धौबन्जार नियुक्त हुनुभएको छ । धौबन्जारलाई माघ ५ गतेदेखि लागुहुने गरी साकोसको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले साकोसका अध्यक्ष एवम् पदाधिकारी सहितको उपस्थितिमा धौबन्जारलाई नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको थियो । 

विगत २२ बर्षदेखि सदस्यहरुमा निरन्तर वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइरहेको चन्द्रागिरि साकोसले गत पौष ६ गते राष्ट्रिय दैनिक पत्रिका मार्फत नायव प्रमुख कार्यकारी अधिकृत आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरेको थियो । १६ हजार भन्दा बढी सदस्यहरुमा सेवा प्रवाह गर्दै आइरहेको साकोसको कुल सम्पत्ती करिब ३ अर्ब भन्दा बढि रहेको छ । 

कविन्द्र धौबन्जार यस अघि भक्तपुरस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हुनुहुन्थ्योे । सामूहिक साकोसमा रहेर व्यवस्थापक धौबन्जारले संस्थागत सुशासन र सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप