व्यवस्थापक नारायण आचार्यलाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवस्थापक नारायण आचार्यलाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार

काठमाडौं । कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आवद्ध सदस्य संस्था र व्यवस्थापकलाई प्रदान गरिने उत्कृष्टताको सम्मान स्वरुप यस बर्ष गौरीशंकर साकोस र आस्था साकोसका व्यवस्थापक नारायण आचार्यलाई सम्मानित गरेको छ । बचत संघले २०७४ सालबाट बखान उत्कृष्ट सहकारी अवार्ड र राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार तथा सम्मानको कार्यक्रम शुरु गरेको हो । 

संघको पौष २९ गते शुक्रबार सम्पन्न २२औं बार्षिक साधारणसभाका अवसरमा प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गौरीशंकर साकोसलाई बखान उत्कृष्ट सहकारी अवार्ड, २०७९ र आस्था साकोसका व्यवस्थापक नारायण आचार्यलाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार, २०७९ बाट सम्मानित गर्नुभएको थियो । 

बचत संघका निर्वतमान अध्यक्ष सुदिप ढकालले शुरु गर्नुभएको सो अवार्ड २०७४ सालदेखि प्रदान गर्न थालिएको भएपनि बीचका दुई बर्ष कोभिडका कारण रोकिएको संघका अध्यक्ष भेषराज बरालले जानकारी गराउनुभयो । 

संघले शुरुको बर्ष २०७४ सालमा फेवा बचत तथा ऋण सहकारी संस्था लि. लाई  बखान उत्कृष्ट सहकारी अवार्ड र पोखरा रोयल साकोसका प्रमुख प्रवन्धक मिलन ढकाललाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कारबाट सम्मानित गरेको थियो । त्यसैगरी २०७५ सालमा बखान उत्कृष्ट सहकारी अवार्डबाट जनसेवा साकोस र  राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कारबाट संगम साकोसका व्यवस्थापक अपिल कोइरालालाई सम्मानित गरिएको थियो । २०७८ सालमा राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कारबाट फेवा साकोसका व्यवस्थापक हरिभक्त पौडेल र बखान उत्कृष्ट सहकारी अवार्डबाट संगम साकोसलाई पुरस्कृत गरिएको थियो । संघले राईफाईसन उत्कृष्ट व्यवस्थापक पुरस्कार राशी रु. ५ हजार र सम्मान तथा कदर पत्र र बखानसिंङ उत्कृष्ट सहकारी अवार्डमा दोसल्ला तथा प्रशंसा पत्र प्रदान गर्ने गरेको छ । 

पौष २९ गते सम्पन्न संघको २२औ वार्षिक साधारणसभा संघका अध्यक्ष भेषराज बरालको सभापतित्व तथा नेफ्स्कूनका महासचिब दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

सो अबसरमा अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदन, कोषाध्यक्ष बाट प्रस्तुत प्रतिबेदन सचिबको प्रतिबेदन र लेखासमितिका संयोजकबाट प्रस्तुत प्रतिबेदन माथी छलफल गरी पारीत गरिएको थियो । 

संघमा हाल २ सय ९४ संस्था आवद्ध छन् । रु. १४ लाख ७० हजार शेयर पुँजी रहेको संघको कुल सम्पत्ती २६ लाख पुगेको छ । संघले चालु आ.व.मा सदस्य संस्थाहरुका लागि क्षमता अभिबृद्धि तालिम, पर्ल्स अनुगमन तथा मूल्यांकन तालिम, जिल्ला महिला गोष्ठी, सहकारी अभिमुखीकरण, सहकारी ऐन तथा नियमावली विषयक अन्तरक्रिया लगायतका कार्यक्रमहरु योजनामा राखेको छ । संघले यसै बर्ष आबद्ध सदस्य संस्थाहरुको वित्तीय विवरणसहितको डाइरेक्टरी समेत प्रकाशन गरि वितरण गरेको जनाएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप