दशरथचन्द न.पा. । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा रहेको बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो १७औं वार्षिक साधारणसभा तथा अधिवेशन माघ ३ गते, मंगलबार सम्पन्न गरेको छ । संघका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा शुरु भएको सभामा जिल्लाका ४१ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सभाले अध्यक्षले पेश गरेको नीति तथा कार्यक्रम, गत आ.व. को लेखापरिक्षण प्रतिवेदन, आगामी बर्षको अनुमानित आय ब्यय तथा व्यवसायिक योजना, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन अनुमोदन गर्दै आगामी ४ बर्षका लागि शेर सिँह कार्कीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र मदन सिँह भाटको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा शेर सिँह कार्की, उपाध्यक्ष बेलु क्षेत्री, सचिवमा नारद सिँह ऐरी र कोषाध्यक्षमाम पुष्पा भण्डारी सर्वसम्मत चयन हुनुभएको छ भने समितिका सदस्यहरुमा क्रमशः टेकराज लेखक, बिरा ओड, प्रेम सिह बोहरा, बिष्ना जोशी र गोपाल सिँह कार्की चयन हुनुभएको छ ।
त्यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा मदन सिँह भाट, सदस्यहरुमा चन्द्र देब पन्त र गोमति ठगुन्ना निर्विरोध चयन हुनुभएको छ ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
२० दिन अगाडि
३७ दिन अगाडि
२६ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
२७ दिन अगाडि
१० दिन अगाडि
४२ दिन अगाडि
३६ दिन अगाडि