बैतडी बचत संघको अधिवेशन सहितको १७औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा शेर सिँह कार्की
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बैतडी बचत संघको अधिवेशन सहितको १७औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा शेर सिँह कार्की

दशरथचन्द न.पा. । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा रहेको बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो १७औं वार्षिक साधारणसभा तथा अधिवेशन माघ ३ गते, मंगलबार सम्पन्न गरेको छ । संघका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा शुरु भएको सभामा जिल्लाका ४१ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 
सभाले अध्यक्षले पेश गरेको नीति तथा कार्यक्रम, गत आ.व. को लेखापरिक्षण प्रतिवेदन, आगामी बर्षको अनुमानित आय ब्यय तथा व्यवसायिक योजना, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन अनुमोदन गर्दै आगामी ४ बर्षका लागि शेर सिँह कार्कीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र मदन सिँह भाटको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । 

नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा शेर सिँह कार्की, उपाध्यक्ष बेलु क्षेत्री, सचिवमा नारद सिँह ऐरी र कोषाध्यक्षमाम पुष्पा भण्डारी सर्वसम्मत चयन हुनुभएको छ भने समितिका सदस्यहरुमा क्रमशः टेकराज लेखक, बिरा ओड, प्रेम सिह बोहरा, बिष्ना जोशी र गोपाल सिँह कार्की चयन हुनुभएको छ । 

त्यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा मदन सिँह भाट, सदस्यहरुमा चन्द्र देब पन्त र गोमति ठगुन्ना निर्विरोध चयन हुनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप