जिल्लाका सहकारी अभियानकर्मीहरुसँग नेफ्स्कूनका अध्यक्ष पौड्यालको संक्षिप्त अन्तरक्रिया, गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्लाका सहकारी अभियानकर्मीहरुसँग नेफ्स्कूनका अध्यक्ष पौड्यालको संक्षिप्त अन्तरक्रिया, गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बागमती प्रदेशको धादिङ, गण्डकी प्रदेशको कास्की र गोर्खाका सहकारी अभियानकर्मीहरुसँग भेट गरी सहकारीका समसामयिक बस्तुस्थितिबारे जानकारी लिनुभएको छ । 

अध्यक्ष पौड्यालले शुक्रबार विहान धादिङ जिल्ला बचत संघका अध्यक्ष नवराज शर्मा, नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष पार्वती खाँड राई सहित स्थानीय १० वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुसँग संक्षिप्त अन्तरक्रिया गर्नुभएको थियो । जिल्लाको सहकारी अभियानका समसामयिक वस्तुस्थितिबारे जानकारी लिँदै अध्यक्ष पौड्यालले दिगो र सबल सहकारी अभियान निर्माणका लागि स्तरीकरण, स्थिरीकरण र प्रविधिगत एकरुपताको विकल्प नरहेको सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

सोही दिन गोर्खाका सहकारी अभियानकर्मीहरुसँग पनि अन्तरक्रिया गर्नुभएको थियो । गोर्खाको बचत संघ सवलीकरण लागि सबैको साथ सहयोग आवश्यकता रहेको औल्याउनुभएको थियो ।  

त्यसैगरी शनिबार पोखरा पुग्नुभएका अध्यक्ष पौड्यालले कास्की बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला सहकारी संघ लि.का प्रतिनिधिहसँग संक्षिप्त अन्तरक्रिया गर्दै साकोस शुद्धीकरण, सबलीकरण र सुदृढीकरण लागि एकजुट भएर अगाडि बढ्न आव्हान गर्नुभएको थियो । अन्तरक्रियाका क्रममा संघका सञ्चालक सदस्य एवम् पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौडेल, सञ्चालक कमलादेवी गिरि, जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइराला, जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु लगायत जिल्ला सहकारी संघ र बचत संघका प्रतिनिधिहरु, स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

सोही क्रममा अध्यक्ष पौड्यालले शनिवार नै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत प्रदान गर्नुभएको थियो । भेटका क्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशको सहकारी अभियानको उचाई र छवि निर्माणका लागि सहकारीको बृद्धि विकासका निम्ति आवश्यक कानुनी सहयोगका लागि प्रतिबद्ध रहने बचनबद्धता व्यक्त गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप