स्थापना दिवसका अवसरमा सिद्धि गणेश साकोसको तालिम, शिक्षा तथा खेलकुद प्रतियोगिताका कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा सिद्धि गणेश साकोसको तालिम, शिक्षा तथा खेलकुद प्रतियोगिताका कार्यक्रम सञ्चालन

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले २९औं स्थापना दिवसका अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविर कार्यक्रमहरु सञ्चालन गरेको छ ।  

सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ शिक्षा उपसमितिद्वार शनिवार आयोजित अनिवार्य शिक्षा शिविरमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । आजभन्दा करिब ३ दशक अघि ३१ जनाको ३१०० रकमबाट शुरुभएको संस्थाले हाल १६ हजार १ सय २३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी गराउनुभयो । 

उहाँले सिद्धि गणेश साकोस सहकारी ऐन, कानून तथा सहकारीका अन्तर्राष्ट्रिय मान्यता अनुरुप सञ्चालनरत रहेको हुँदा सहकारीका वर्तमान तरलता समस्याका समयमा पनि समस्याग्रस्त वित्तीय वातावरणबाट पूर्णत सुरक्षित रहेको विचार व्यक्त गर्नुभयो । 

संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिनुहुँदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने भन्नुहुँदै सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको जानकारी दिनुभयो । 

आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णु प्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखी शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको र तात्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गर्नुभयो । 

५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमालाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा उपसमिति सदस्य रामहरी ताम्राकारले पनि बोल्नुभएको थियो । 

सोही दिन संस्थाको लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको थियो । 

प्रतियोगिताको समापन कार्यक्रममा अध्यक्ष लाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको र ती कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई स्थापना दिवस सफल पारिदिन सबैमा अनुरोध गर्दै खेलले व्यक्तिलाई अनुशासन, कडा परिश्रम, मित्रता तथा सदाचार जस्ता गुण दिनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले भविष्यमा पनि खेलकुद प्रतियोगिता हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस वित्तीय संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको र डोरी तान्ने प्रतियोगिता पनि त्यसैका एउटा भाग रहेको बताउनुभयो । 

आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रत्नश्वरी चवालले प्रतियोगितामा हार जित भइरहने र खेलुकुदलाई मनोरञ्जनसँगै स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुहुँदै सहभागी तथा सहयोगी सबैमा धन्वाद ज्ञापन गर्नुभयो । 

पुरुष बिधामा सिद्धि गणेश साकोस कर्मचारी समुह प्रथम तथा जागरुक युवा बचत समुह द्धितीय भएको थियो भने महिला विधामा आदर्श बचत समुह प्रथम र सिद्धि गणेश कर्मचारी समुह “क” द्वितीय हुन सफल भएको थियो । विजेतालहरुलाई प्रमाणपत्र, मेडलसँगै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । 

त्यस्तै, संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा बालबचतकर्ताहरुबीच नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष लाखाले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकाससँगै पढाइमा सहयोग गर्ने र विद्यार्थीहरुको उज्जल भविष्यमा सहयोग पुर्याउने विचार व्यक्त गर्नुहुँदै भविष्यमा थप सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

संस्थाका व्यवस्थापक शिला गोसाइले सानैदेखि गरिने थोरै थोरै बचतले भविष्यको ठूलो गर्जाे टार्न सहयोग पुर्याउने भएकोले बाल बचत गर्नुपर्ने भन्नुहुँदै बालबालिकाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यकासाथ विभिन्न समयमा सिद्धि गणेशले बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनुभयो । 

हस्तलेखन तालिमका प्रशिक्षक एवं प्रतियोगिताका निर्णायक सुरज दिदीयाले विद्यार्थी जिवनको सहयोगी लेखन शैलि हस्तलेखन तालिमलाई भविष्यमा पनि निरन्तर दिनुपर्ने र भक्तपुरको मौलिक एवं नेपालभाषाको पहिचान रञ्जना लिपीको पनि तालिम प्रदान गर्नु अनुरोध गर्नुभयो । 
  
आयोजक उपसतिका संयोजक एवं सभापति सञ्चालक रञ्जना प्रजापतिले महिला तथा बालबालिका उपसमितिले विभिन्न समय र अवसरमा महिला तथा बालबालिका लक्षित सीपमूलक तथा रोजगारीमूलक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुहुँदै भविष्यमा सञ्चालन हुने कार्यक्रमहरुमा सदस्यहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गर्नुभयो । 

२५ जना बालबचतकर्ताहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको समुहमा सिन्चन कोजु, इभा कोण्डा, एलिना जधारी र सुमंग सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सात्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने कक्षा ६ देखि १० सम्मको समुहमा सुरभी लाखा, एल्वीस जधारी, स्मरण सुवाल र स्माइल्दा सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो । प्रतियोगितको समापन कार्यक्रममा उपसमिति सदस्य नारांदेवी दुमरुले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका सहायक कर्मचारी सविना ख्याजुले पनि बोल्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप