काभ्रेपलाञ्चोक । DSIK जर्मन, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबीच भएको त्रिपक्षीय सम्झौताबमोजिम संस्थागत सुदृढीकरण कार्यक्रमअन्तर्गत आयोजित दुईदिने ‘Sustainable Finance Compass’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालाको सहजीकरण DSIK जर्मनका वित्तविज्ञ थोमस कोनिट्जर (Thomas Konitzer) र DSIK जर्मनका नेपाल प्रतिनिधि सञ्जय झा ले गर्नुभएको थियो।
कार्यशालामा संस्थाको विद्यमान नीति, नियम, वस्तु तथा सेवाको समीक्षा र पुनरावलोकन गर्दै आगामी दिनका लागि दिगो वित्त मार्गदर्शन तयार गर्ने विषयमा छलफल गरिएको थियो।
गोष्ठीमा दिगो विकासका लक्ष्यहरू (SDGs), वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्ष (ESG), संस्थाको नयाँ रणनीति, व्यवसाय सञ्चालन, प्रभावकारी सूचना प्रणाली, वित्तीय जोखिम व्यवस्थापन तथा सहकारी संस्थामा दिगो विकासको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल तथा मूल्याङ्कन गरिएको थियो।
कार्यशालाले संस्थाको वर्तमान नीति तथा व्यवस्थापकीय अभ्यासको समीक्षा गरी दिगो वित्तीय व्यवस्थापनलाई आगामी कार्यदिशासँग जोड्ने लक्ष्य लिएको थियो।
कार्यशालामा नेफ्स्कून बनेपा शाखाका प्रमुख उमेश कोइराला, विन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, उपाध्यक्ष केशव थापा, सचिव भीमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली तथा प्रमुख कार्यकारी अधिकृत केवी लामा स्याङ्तान लगायत संस्थाको उच्च व्यवस्थापन टोलीको सहभागिता रहेको थियो।
DSIK जर्मन, नेफ्स्कून र विन्धवासिनी साकोसबीचको त्रिपक्षीय सहकार्यअन्तर्गत आयोजित कार्यशाला संस्थाको दिगो वित्त मार्गदर्शन तयार गर्ने, संस्थागत क्षमता सुदृढ बनाउने तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी अभ्यासलाई संस्थागत सञ्चालनसँग जोड्ने विषयमा केन्द्रित रहेको थियो।
२० घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
२ दिन अगाडि
४७ दिन अगाडि
६१ दिन अगाडि
४६ दिन अगाडि