समुदायमा सञ्चालित सहकारीहरु सुरक्षित छन्ः उप्रमुख श्रेष्ठ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समुदायमा सञ्चालित सहकारीहरु सुरक्षित छन्ः उप्रमुख श्रेष्ठ 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को मध्यपुर थिमि र सूर्यविनायक नगर सहकारी समन्वय उपसमितिको संयुक्त आयोजनामा सहकारीमा देखापरेका समस्या र समाधान विषयक अन्तरक्रिया शनिबार सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले समुदायका सहकारीहरु स्थानीय व्यक्तिहरु मिलेर चलाएको संस्थाहरुमा समस्या नभएको बताउदै बेमानी गर्ने नियतले खोलेका सहकारी जहाँ सुनका सिक्का, उपाहार लगायतका प्रलोभन दिई बचत संकलन गर्ने, बचत तथा ऋण लगानीको सामान्य अभिलेखीकरण समेत नराख्ने सहकारीमा समस्या आएको बताउनुभयो । उहाँले सहकारीका समस्याहरुप्रति सहकारीकर्मीहरु विचलित नहुन अनुरोध गर्दै सहकारी सुरक्षित रहेको तर सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सहकारी संस्थाले न्यून आय भएका सदस्यहरुलाई स्वरोजगार बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउदै सदस्यले आफ्नो संस्थालाई माया गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

संघका उपाध्यक्ष हरि बल्लले अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिर्दै एक व्यक्ति एक सहकारी व्यबहारमा लागु गर्न कठिन रहेको बताउनुभयो साथै सहकारीहरुको अनुगमन नगरपालिकाले बनाएको सहकारी ऐन अनुसार विषयगत संघको समेत सहभागितामा गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

संघका कोषाध्यक्ष कान्छा भक्त घजुले सम्पूर्ण सहकारीहरु वित्तीय अनुशासनको परिपालना गर्नुपर्ने विचार राख्नुभयो । वहाँले सहकारी संस्था कोपोमिसमा आबद्ध हुनुपर्ने र सम्पत्ती शुद्धीकरणका व्यवस्थाहरु पालना गर्नुपर्नेे बताउनुभयो । सहकारी संस्थाले तरलतालाई वेवास्ता गरी बढी भन्दा बढी बाह्य ऋण लिएर ऋणमा लगानी गर्ने, जगेडा कोषको भन्दा बढी घरजग्गा जोडने संस्थामा तरलता समस्या देखिएको बताउनु भयो ।

मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखा प्रमुख सुरेश राईले सहकारी सिद्धान्त, मूल्य र मान्यतमा सञ्चालन संस्थाहरु मजबुत भएको बिचार राख्दै सहकारी संस्थाहरु एक आपसमा  प्रतिस्पर्धी हुन नहुने बताउनुभयो । सुर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले सहकारीको भित्री र बाहिरी समस्याहरुको पहिचान गरि समाधान गर्नुपर्ने र प्रविधि अनुसार सँगसँगै अगाडी बढ्नुपर्ने विचार राख्नुभयो । वहाँले आफ्नो संस्थाको प्रतिवेदनबारे सदस्यहरुले ध्यान सचेत हुनुपर्ने बताए । वहाँले नियमक निकायको निरिक्षण पश्चात दिइएका सुझावहरुको परिपालना गर्नूपर्नेमा जोड दिनुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोंजुले सहकारीमा देखा परेका समस्या र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघमा आबद्ध संस्थाहरु मध्ये ८१ जनाको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन सूर्यविनायक नगर सहकारी समन्वय उपसमितिका सदस्य मिठाराम न्यौपानेले गर्नुभएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप