नगरपालिका सहकारी विकासको काममा हातेमालो गर्न प्रतिबद्ध छः प्रवक्ता श्रेष्ठ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नगरपालिका सहकारी विकासको काममा हातेमालो गर्न प्रतिबद्ध छः प्रवक्ता श्रेष्ठ

प्यूठान । आर्थिक सम्वृद्धिको महत्वपूर्ण आधार स्तम्भको रुपमा रहेको सहकारी क्षेत्र सँग हातेमालो गरेर काम गर्न नगरपालिका प्रतिवद्ध रहेको प्यूठान गरपालिकाका प्रवक्ता एवं आर्थिक विकास समिति संयोजक सुमन राज श्रेष्ठले बताउनुभएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना, जिल्ला बचत संघ प्यूठानको व्यवस्थापन र प्यूठान नगरपालिकाको सहकार्यमा शनिवार बिजय फूलबारी सहकारी सभा हल जुम्रीमा आयोजित आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रमका मन्तव्य राख्दै श्रेष्ठले सहकारीको विकास र विस्तारमा नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता  व्यक्त गर्नुभएको हो । 

सहकारी संस्थाहरुको विकास र विस्तारको लागि आधारशिला कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको कार्यक्रमका विशेष अतिथि रहेका श्रेष्ठको भनाई थियो । उहाँले सहकारी सफल हुँदा सदस्य मात्र सफल नभएर गाउँ समाजका हरेक तह र तप्काका बर्गहरुको समेत उत्थान हुने हुँदा सहकारी सँग जोडिएर हातेमालो गर्दै काम गर्ने कुरामा नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । 

नगर क्षेत्रका सवै प्रकृतिका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहकारीमा देखिएको बर्तमान परिस्थिति, कानुनी अवस्था नेफ्स्कुनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम तथा आधारशिला कार्यक्रमको विषयमा सहजिकरण गर्नुभएको थियो । 

बचत तथा ऋण सहकारी संघ लि.प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ प्यूठानका सचिव प्रसाद पाण्डे, प्यूठान नगरपालिका आर्थिक विकास शाखा प्रमुख चन्द्र जि.सि. लगायतले मन्तव्य राख्नुभएको थियो । बचत संघ प्यूठानका सचिव बलभद्र के.सी.ले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय दाङ्गका इन्चार्ज विष्णु जोशीले गर्नुभएको थियो ।
 
आधारशिला कार्यक्रममा नगरपालिकाले सहकारीहरु माझ सञ्चालन गर्नु पर्ने तथा सहकारी संस्थाको संस्थागत विकास तथा क्षमता विकासका लागि पर्याप्त समय सहितको तालिम सञ्चालन गर्नु पर्ने सुझाव कार्यक्रमका सहभागीहरुले राखेका थिए । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप