एक्सेस कार्यक्रममा आबद्ध भेरी कर्णाली प्रथम समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रममा आबद्ध भेरी कर्णाली प्रथम समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

प्यूठान । बचत तथा ऋण सहकारी संस्थाहरुलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डेड गर्ने कार्यक्रम एक्सेसको भेरी कर्णाली क्लष्टर प्रथमको १७ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाल्म वर्कसप) शुक्रवार प्यूठानमा सम्पन्न भएको छ ।

बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठानको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।

एक्सेस (A–one competitive choice for Excellence In Service and Soundness  ) कार्यक्रममा आवद्ध भेरी कर्णाली क्लष्टर प्रथमका बर्दिया, सल्यान, सुर्खेत जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका प्रमुखहरुको सहभागिता रहेको कार्यशालाको उद्घाटन समारोहमा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता भएको थियो । 

संस्थालाई विधि सम्वत ढंगले सञ्चालन गरी सरकारले लिएको लक्ष प्राप्तीका लागि सहकारी संस्थाले काम गर्न जरुरी रहेको भन्दै प्रमुख अतिथि योगीले बचत तथा ऋण सहकारी संस्थाको गुणस्तररीयता तथा सदस्य मैत्री सेवा सञ्चालन गर्न एक्सेस कार्यक्रमले ठूलो भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । प्यूठान नगर क्षेत्रका सहकारी संस्थाहरुको विकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक योजनाका साथ कार्य गर्ने समेत नगर प्रमुख योगीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लोक बहादुर बस्नेत, शिखर बचत तथा ऋण सहकारी संस्था लि. सुर्खेतका अध्यक्ष भुपेन्द्र बहादुर सिंह लगायतले मन्तव्य राख्नु भएको थियो । संस्थाकी उपाध्यक्ष राधा पुलामीले स्वागत गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन लेखा सुपरिवेक्षण समिति संयोजक सुशील पोख्रेलले गर्नु भएको थियो ।

दिन भर सञ्चालित कार्यशालाको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । कार्यशालाले एक्सेस कार्यक्रमको कार्यविधिले तोके अनुरुपका कार्यक्रममा आवद्ध सवै साकोसहरुको सूचकहरुको अवस्थाका बारे व्यापक छलफल गरी सुधार गर्नु पर्ने सुचकहरुमा शिघ्र योजना बनाई सुधारात्मक कार्य गर्ने निर्णय गरेको छ । क्लष्टरमा आवद्ध ६ वटा साकोसहरुका ४५ जना सहकारीकर्मीहरु बीच आआफ्ना संस्थाले गरेका क्रियाकलापहरुका बारेमा सिकाई आदान प्रदान गर्नुका साथै आगामी १८ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आगामी वैशाख १६ गते ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानमा गर्ने निर्णय समेत कार्यशालाले गरेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप