नेफ्स्कूनको समन्वयमा रुपन्देहीमा श्रम अडिट सम्बन्धी अनुशिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको समन्वयमा रुपन्देहीमा श्रम अडिट सम्बन्धी अनुशिक्षण 

बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरर्गत श्रम तथा रोजगार कार्यालय वुटवलको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय रुपन्देहीको समन्वयमा सहकारीहरुका लागि श्रम अडिट सम्बन्धी अनुशिक्षण सम्पन्न भएको छ । 

रुपन्देही जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका २८ जना, मन्त्रालय र संघका प्रतिनिधि गरी ४० जना भन्दा बढीको सहभागितामा सम्पन्न भएको अनुशिक्षणको उदघाटन शत्रको अध्यक्षता श्रम कार्यालयका वरिष्ठ श्रम अधिकृत गिरिराज ज्ञवालीको गर्नु भएको थियो भने आथित्यता संघका फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमाल, अनुशिक्षणमा स्वागत मन्तव्य मन्त्रलायका कर्मचारी दामोदर ज्ञवालीले गर्नु भएको थियो । अनुशिक्षणको सहजिकरण बरिष्ठ श्रम अधिकृत गिरीराज ज्ञवाली, शाखा अधिकृत केशव भटराई मेकानिकल इन्जिनियर कमल पौडेलले गर्नु भएको थियो । 

सोहि अवसरमा नेफ्स्कूनले सदस्य सँग नेफ्स्कून विशेष अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाको समापन सत्रको अध्यक्षता संघका संञ्चालक सन्दिप सापकोटले गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश संघका अध्यक्ष कृष्ण नेपाल, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य शुवकान्त न्यौपाने, जिल्ला बचत संघका संञ्चालक रमणि डुम्रे लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा फिल्ड व्यवस्थापन उप समिति सदस्य न्यौपाने र प्रदेश बचत संघका अध्यक्ष नेपालले वर्तमान अवस्थामा सहकारीले थप सजग भई आफ्ना गतिविधि संञ्चालन गर्नु पर्ने र संञ्जालसँगको सहकार्यलाई थप आत्मिय बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

संघका संञ्चालक सापकोटाले नेफ्स्कूनले सदस्य संघ संस्थाहरुलाई प्रचलित कानुन बमोजिम आफ्ना गतिविधिहरु सञ्चालन गर्न र कानुनको पूर्ण परिपालना गर्न उत्प्रेरित गरि रहेको र श्रम कानुनको पालन गर्न कानुनको सचेतिकरणका लागि मन्त्रालयसँग समन्वय गरि यस प्रकारका कार्यक्रमहरु आयोजना गरि रहेको जानकारी गराउनु भयो । संघ सदस्य संघ संस्थाको संस्थागत विकास र दिगोपनाका लागि क्रियाशिल रहेको धारणा राख्नु भयो । 

अन्तरक्रियामा साकोस अभियानका वर्तमान चुनौति र चुनौती न्युनिकरण गरी बचत तथा ऋण सहकारी अभियानलाई चलायमान बनाउन नेफ्स्कूनले संञ्चालन गरिरहेको कार्यक्रम सहितको प्रस्तुतिकरण नेफ्स्कून फिल्ड कार्यालय इन्चाज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । प्रस्तुतिकरण पश्चात दोहोरो अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा सहभागिहरुका जिज्ञासाहरुको सम्बोधन संघका संञ्चालक र फिल्ड इन्चार्जले गर्नु भएको थियो । समय सान्दर्भिक विषयमा अन्तरक्रिया आयोजना गरि ज्ञान, सिप हासील गर्न अवसर प्रदान गरेकोमा आयोजकलाई सहभागिहरुले धन्यवाद दिदै यस प्रकारका कार्यक्रमहरुको निरन्तरताको अपेक्षा समेत राख्नु भएको थियो । 

समापनमा सहभागीहरुको तर्फबाट जनउत्थान साकोसका सचिव सरु राना र परिचित साकोसका अध्यक्ष चिन्त्र बहादुर बोहोराले मन्तव्य राख्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप