स्थापना दिवसको अवसरमा धर्मस्थली साकोसको सामाजिक कार्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसको अवसरमा धर्मस्थली साकोसको सामाजिक कार्य

कास्की । पोखरा–५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. ले १६ औ स्थापना दिवसको उपलक्ष्यमा विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गरेको छ । साकोसले विभिन्न दाताहरुको सहयोगमा धर्मस्थली चौतारी निर्माण, जेहेन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति, जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोगका कार्यक्रमहरु आयोजना गरेको हो ।

आज आयोजित स्थापना दिवस समारोहको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णु प्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बरालले चौतारी उद्घाटन साथै जेहेन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।  

साकोसले धर्मस्थली सहकारी भवन अगाडि राजमार्ग छेउमा रु. ५५ हजार लागतमा धर्मस्थली चौतारी निर्माण गरेको हो । दुई सदस्यहरुको आर्थिक सहयोग सहित निर्मित चौतारीमा साकोसको लागत रु. ३८ हजार रहेको छ । हरि प्रसाद पराजुलीद्वारा स्थापित भोजराज यमकला पराजुली स्मृती कोष र संस्थाका कर्मचारी सविता भटृराई अधिकारीको बिशेष सहयोगमा २ वटा चौतारी निर्माण गरिएको साकोसले जनाएको छ । 

त्यसैगरी साकोसले जेहेन्दार छात्र छत्राहरुलाई रु. १० हजार बराबरको छत्रवृत्ति साथै जेष्ठ नागरिक सदस्यहरुलाई रु. १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । साकोसका पूर्व अध्यक्ष कृष्णमणि भूत्र्यालद्वारा स्थापित चन्द्ररत्न स्मृती ट्रष्टबाट बाराही माध्यामिक बिद्यालयका छात्र कक्षा १२ का बिक्रम बि.क.तथा छात्रा एलिशा पौडेल र धर्मस्थली आधाभुत विद्यालयका कक्षा ५ का छात्रा भूमिसा मगर तथा कक्षा ७ का छात्र शक्सेस तिमिल्सीना गरी ४ जना गरिब तथा जेहन्दार छात्र छात्रालाई रु. १० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । 

सोकृती कोइरालाद्वारा स्थापित सोकृती छात्रावृत्ति कोषबाट धर्मस्थली आधारभुत विद्यालयकी छात्रा रितिशा अधिकारीलाई र.२ हजार पाच सय बराबरको छात्रावृत्ति उपलब्ध गराएको छ । 

संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमद्वारा स्थापित चन्द्रकान्त गौतम स्मृती कोषबाट पोखरा–५ प्रस्याङ स्थित जेष्ठ नागरिक मिलन केन्द्रलाई रु. १० हजार आर्थिक सहयोग गरिएको साकोसले जनाएको छ । 

कार्यक्रममा शिक्षाविद एवं संस्थाका पूर्व सल्लाहकार हेरम्ब प्रसाद कोइराला, संस्थापक अध्यक्ष कृष्णमणि भूत्र्याल, पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया बि.क.र सल्लाहकार तथा व्यवसायी पुरुषोत्तम प्रसाद पराजुली शुभकामना दिनुभएको थियो । 

साकोसका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रबन्धक कृष्ण प्रसाद पराजुलीले गर्नु भएको र कार्यक्रम सञ्चालन संस्थाका सचिव कृष्ण प्रसाद कोइरालाले गर्नु भएको थियो ।

आफ्नो १६औं स्थापना दिवस मनाउँदै गरेको धर्मस्थली साकोसले हाल २ हजर ५३ सदस्यहरुमाझ वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराएको छ । साकोसको शेयर पुँजी रु. ७ करोड ८४ लाख र कुल सम्पत्ती ५९ करोड रहेको छ । साकोस नेफ्स्कूनद्वारा सञ्चालित राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा सहभागी छ । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप