नेफ्स्कूनले पायो आइसीएको सदस्यता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले पायो आइसीएको सदस्यता

काठमाडौं । नेफ्स्कून अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को सदस्य बनेको छ । हालै बसेको आइसीए सदस्यता समितिको बैठकले नेफ्स्कूनलाई पूर्ण सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । यो सँगै नेपालभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको छाता संघ नेफ्स्कून विश्वभरका सहकारीहरुको एकमात्र छाता संघसँग औपचारिक रुपमा जोडिएको छ । यसअघि नेफ्स्कून बचत ऋण सहकारीहरुको अन्तर्राष्ट्रिय सञ्जाल विश्व ऋण परिषद (ओकू) र एशिया प्रशान्त क्षेत्रिय सञ्जाल एशियाली ऋण महासंघ (अक्कू) को सदस्य बनिसकेको छ । 

आइसीएका सदस्य निर्देशक ग्रेचेन ह्याक्वार्डले संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललाई पत्राचार गर्दै भनेका छन्, “आइसीए बोर्ड बैठकको निर्णयसँगै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनलाई पूर्ण सदस्यता सहित आइसीए सहकारी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको छ ।”

आइसीएले सदस्यहरूलाई विश्वव्यापी पहुँच प्रदान गर्दछ । आइसीएको सदस्यताले स्थानीय रुपमा सहकारी अभियानलाई सबल बनाउँदै ग्लोबल नेटवर्किङ मार्फत विश्वव्यापी पहुँच विस्तार गर्न र अन्तर्राष्ट्रिय साझा फोरमको उपयोग गर्नमा सफल हुनेछ । विश्वव्यापी उत्कृष्ट अभ्यास मार्फत सहकारीको कार्यसम्पादनमा सुधार गर्न, सहकारी सुशासन कायम गर्न सहयोग पुग्नेछ । 

यसले विश्वभरका सहकारीहरुलाई एउटै छातामुनि ल्याउने, उनीहरुको प्रतिनिधित्व गर्ने र हरतरहले सेवा प्रदान गर्ने ३ मुख्य काम (युनाइट, रेप्रिजेन्ट र सर्भ) गर्दै आइरहेको छ । सहकारीका ७ सिद्धान्त, ६ आधार मुल्य तथा ४ नैतिक मुल्यका आधारमा यसका सम्पूर्ण गतिविधिहरु निर्देशित हुन्छन् जसलाई विश्व भरका सहकारीहरुले आत्मसात् गर्दै आएका छन् ।

हाल विश्व जनसंख्याको १२ प्रतिशत सहकारीमा आबद्ध छ  । विश्व सहकारी अभियानसँग हाल कायम ३० लाख सहकारीमार्फत १ अर्ब भन्दा बढी सदस्यहरु प्रत्यक्ष जोडिएका छन् भने २८ करोड (रोजगारीमा आबद्ध विश्व जनसंख्याको १० प्रतिशत) ले प्रत्यक्ष रोजगारी पाएका छन् ।

आइसीएसँग नेफ्स्कूनसहित हाल १ सय १२ देशका ३ सय १९ सहकारी निकायहरु आबद्ध छन् । यी मध्ये २ सय ७६ पूर्ण र ४३ असोसिएट सदस्य छन् ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप