सुर्खेतमा सहकारी प्रतिनिधिहरुका लागि सक्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारी प्रतिनिधिहरुका लागि सक्षमता विकास तालिम सञ्चालन

सुर्खेत । ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि. र भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. को सयुंक्त आयोजनामा सुर्खेतमा सदस्य सक्षमता विकास तालिम सञ्चालन भएको छ । माघ ८ र ९ गते सञ्चालित तालिमको प्राविधिक सहजीकरण नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतले गरेको थियो । 

ग्रामिण जागरण साकोसका अध्यक्ष गोपीकृष्ण ढकाल र भेरी कर्णाली साकोसका अध्यक्ष मोती प्रसाद चपाईले सयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभएको थियो । तालिममा आयोजक दुवै साकोसका पदाधिकारी, सञ्चालक समिति, उपसमिति र सदस्यहरु गरी ३९ जनाको सहभागिता रहेको थियो । 

अध्यक्ष गोपीकृष्ण ढकालले नेफ्स्कूनको प्राविधिक सहयोग रहेको सदस्य सक्षमता तालिम सहकारी विकासका लागि अति उपयोगी रहने स्पष्ट पार्नुभयो । 

तालिममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष मोती प्रसाद चपाईले सहकारी सदस्यहरुमा सहकारी सम्बन्धी के कस्तो ज्ञान, सीप र क्षमता आवश्यक हुन्छ भन्ने विषय तालिमबाट प्राप्त हुने र सो कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । 

तालिमको सहजीकरण सहजकर्ता गोपाल बहादुर थापाले गर्नुभएको थियो ।  उहाँले तालिममा सञ्चालक समिति तथा उप समितिको काम कर्तव्य अधिकार, सहकारीका सिद्धान्त, बैठक व्यवस्थापन, आन्तरिक लेखासुपरिवेक्षण समितिको काम कर्तव्य अधिकार, आन्तरिक नियन्त्रण प्रणाली, नेतृत्व हस्तान्तरण, नेतृत्वको सीप, लगायतका विभिन्न विषयहरुमा सहजीकरण गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि वीरेन्द्रनगर १२ चनौटे, सुर्खेतका व्यवस्थापक लोक प्रसाद रेग्मीले गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापन भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर ०७ ईत्रामका व्यवस्थापक तिर्थ बहादुर थापाले गर्नु भएको थियो । 

तालिम समापन समारोहमा कर्णाली प्रदेश रजिष्ट्रार कार्यालय वीरेन्द्रनगर, सुर्खेतका रजिष्ट्रार खुम प्रसाद सुवेदीले प्रारम्भिक सहकारी संस्थाले पालना गर्नुपर्ने सहकारी नीति, नियमावली तथा निर्देशन लगायत अन्य विषयहरुमा मन्तव्य राख्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप