काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदस्य संघ संस्थाहरुका लागि आ.व. २०७८/०७९ को शेयर लाभांश कोष र संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको छ ।
संघको पौष ८ गते सम्पन्न ३१औं वार्षिक साधारणसभाले गरेको निर्णय बमोजिम आ.व.२०७८/०७९ मा शेयर लाभांश कोषमा बिनियोजित रकमबाट शेयर सदस्यहरुलाई १० दशमलब ६ प्रतिशतका दरले शेयर लाभांश वितरण गरिएको आज एक सूचना प्रकाशन गरी सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको छ ।
संघले माघ ७ गते ४ हजार ४ सय ६४ आबद्ध सदस्य संघ संस्थाहरुको शेयर लाभांश र संरक्षित पूँजी फिर्ता वापतको रकम सदस्यको खातामा प्रविष्टि गराएको हो ।
साधारणसभाको निर्णय बमोजिम संरक्षित पूँजी फिर्ता कोषबाट बचतको व्याज खर्चको आधारमा २ दशमलव ८७ प्रतिशत र ऋणबाट प्राप्त व्याज आम्दानीको आधारमा ३ दशमलव १८ प्रतिशत रकम बिनियोजन गरिएको संघले जनाएको छ ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि
४७ दिन अगाडि