सहकारी सदस्यप्रति जवाफदेही र पारदर्शी बन्नुपर्छ : धुलिखेल नगरप्रमुख श्रेष्ठ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सदस्यप्रति जवाफदेही र पारदर्शी बन्नुपर्छ : धुलिखेल नगरप्रमुख श्रेष्ठ

काठमाडौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. पनौति चौकोटको आयोजनामा धुलिखेलमा प्रोबेसन बागमती क्लष्टर प्रथमको २७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज, माघ २७ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालामा साकोसकी अध्यक्ष मैया महतको अध्यक्षता, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार व्यञ्जु श्रेष्ठको प्रमुख आतिथ्यता, नेफ्स्कूनका सञ्चालक जिवसराज खड्को विशेष आतिथ्यता र धुलिखेल न.पा. की निवर्तमान उपप्रमुख विमला शर्माको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि श्रेष्ठले अर्थतन्त्रको तिनओटा खम्बा मध्ये एउटा महत्पूर्ण खम्बा सहकारी रहेको बताउँदै सहकारीले सिमान्तकृत समुदायमा सेवा दिनुपर्ने चर्चा गर्नुभयो ।  उहाँले केही सहकारीहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित चलेको शंका व्यक्त गर्दै अहिलेको सहकारीमा देखिएको समस्याको कारण सोही रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सहकारीको पहिलो काम ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउनु हो । सहकारीहरु अरु जुनसुकै क्षेत्रमा जतिसुकै अब्वल भएपनि शुसासन कायम राख्न सकिएन भने संस्थामा जुनसुकै समयमा दुर्घटना हुनसक्छ ।”  नगर प्रमुख श्रेष्ठले राज्य र केन्द्रीय तहका संघहरुले आपसी समझदारी कायमगरी सहकारीको अनुगमन गर्नुपर्ने, विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाबारे बुझ्दै सजग र सचेत रहनुपर्ने तथा संस्थाले पारदर्शि भएर सदस्यप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

अव सहकारीहरुले सदस्यहरुलाई गरिने लगानीलाई उद्यमशिलता विकासमा केन्द्रित गर्नुपर्ने बताउँदै उहाँले नेफ्स्कूनले संस्थाको गुणस्तरियता विकासमा सञ्चालनमा ल्याएका कार्यक्रमहरु निकै प्रशसनीय रहेको बताउनुभएको थियो । 

कार्यशालामा विशिष्ट अतिथि नेफ्स्कूनका सञ्चालक जिवस राज खड्काले नेफ्स्कूनले सञ्चालनमा ल्याएको गुणस्तर सुधारका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले संस्थामा सदस्यहरुले हामीलाई विश्वास गरेर गरेको वचत विभिन्न शीर्षकमा लगानी गरिरहेको र उक्त सदस्यको बचतको सुरक्षा गरिदिनु संस्थाका सञ्चालक समिति र व्यवस्थापनको पहिलो कार्य भएको बताउनुभयो । भाखा नाघेको ऋणहरुको लागि आवश्यक जोखिम व्यवस्था र ऋण लगानीमा गुणस्तरियता कायम गर्नुपर्ने उहाँको भनाई थियो ।  

कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने नेफ्स्कून सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले सूचना प्रविधि विकास र प्रयोग सम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यशालामा ललितपुर काठमाडौं र काभ्रेका गरि ६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जनाको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप