सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे

काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरेको पदबहाली भएको छ। यसअघि बन तथा वातावरण मन्त्रालयमा सहसचिव रहनुभएका घिमिरे मन्त्रीपरिषद्को निर्णयसँगै सहकारी मन्त्रालयत मातहत विभागमा सरुवा हुनुभएको हो । घिमिरेले विहिबारदेखि विभागको जिम्मेवारी सम्हाल्नुभएको हो। 

गत साता मन्त्रीपरिषद्को निर्णयबाट रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र बन तथा वातावरण मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सहकारी मन्त्रालय मातहत विभागमा सरुवा गरेको थियो । मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत २६ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । 

गतवर्षको फागुनमा विभागको रजिष्ट्रार बन्नुभएका पण्डित एक बर्ष नबित्दै सरुवा हुनुभएको हो । 

सहकारी अभियान सुधारका लागि पण्डितले महत्वपूर्ण निर्णयहरु गर्नुभएको थियो । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष गठन तथा कार्यान्वयन, कोपोमिस सफ्टवेयर कार्यान्वयनदेखि ३५ बुँदे निर्देशिका र कर्जा सूचना केन्द्र स्थापना गर्न रजिष्ट्रार पण्डितको पहल रहेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप